Logo

२०८३, आश्विन ९गते


images
images

प्रेमीका फेल भएपछि आक्रोशित प्रेमीले स्कुलमा आगो लगाइदिए

प्रेमीका फेल भएपछि आक्रोशित प्रेमीले स्कुलमा आगो लगाइदिए

images
  • प्रेमीका फेल भएपछि आक्रोशित प्रेमीले स्कुलमा आगो लगाइदिए
    images
    images

    एजेन्सी । २१ वर्षीय युवककी प्रेमिका परीक्षामा फेल भइन् । यसले ती युवक यति रिसाए कि उनले आफ्नी प्रेमिकाको स्कूलमा आगो लगाए । 

    images
    images
    images

    भाग्यवश यस घटनामा कोही पनि मारिएनन् र घाइते पनि भएनन् । घटनामा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    सोधपुछका क्रममा युवकले चकित पार्ने खुलासा गरेका छन् । द नेशनलको रिपोर्टका अनुसार यो घटना इजिप्टको मेनुफिया प्रान्तमा रहेको एउटा विद्यालयको हो । २१ वर्षीय युवक आफ्नी प्रेमिकासँग विवाह गर्न गइरहेका थिए । उनको इन्गेजमेन्ट समेत भइसकेको थियो । तर यसबीचमा उनकी भावी श्रीमती विद्यालयको परीक्षामा फेल भइन् ।

    images
    images
    images

    केटालाई उसको विवाह स्थगित हुने र उसकी पत्नीले फेरि एउटै कक्षामा पढ्नुपर्ने अवस्था आउनेमा डर थियो । यस्तो अवस्थामा ती युवकले खतरनाक कदम चाले ।

    उनले विद्यालयमा आगजनी गरेपछि विद्यालयको कन्ट्रोल रुम जलेर नष्ट भएको थियो । धेरै महत्त्वपूर्ण कागजातहरू पनि जलेको छ। तर, आगलागीको चपेटामा कुनै मानिस आएनन् र केही समयमै दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

    अपराध गरेपछि युवक भागेर गाउँमा लुकेका थिए । तर घटनास्थलमा उपस्थित मानिसको बयानपछि उनलाई पक्राउ गरिएको थियो ।

    प्रहरीसँगको सोधपुछमा उनले आफ्नो अपराध स्वीकार गरेका छन् । मुद्दा सम्बन्धित अदालतमा नपुगेसम्म उनलाई हिरासतमा राख्ने बताइएको छ । 

    योसँगै इजिप्टको सामाजिक सञ्जालमा पनि मानिसहरुले यो घटनाको चर्चा गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एजेन्सी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।