Logo

२०८३, आश्विन १०गते


images
images

राप्रपा बझाङ द्वारा उमेदवारी सिफारिस 

राप्रपा बझाङ द्वारा उमेदवारी सिफारिस 

images
  • राप्रपा बझाङ द्वारा उमेदवारी सिफारिस 
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । राप्रपा बझाङ को जिल्ला कार्यसमिति बझाङले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राप्रपा सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको नाम सिफारिस गरेको पार्टी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    राप्रपा बझाङका पार्टी  अध्यक्ष बिरेन्द्र बहादुर मल्ल ले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि बझाङबाट उमेदवारी सिफारिस गरेका छन् । २०७९सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बझाङबाट आपनो पाटीको उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको हो ।

    images
    images
    images

    राप्रपा जिल्ला कार्यसमितिको मंगलबार सम्पन्न बैठकले प्रतिनिधि सभा सदस्यका आकांक्षी उम्मेदवार प्रत्यक्षतर्फ  २जनाको नाम सिफारिस गरेको छ । जसमा हरिलाल भट्टराई विश्व प्रकास जेठारा, नाम सिफारिस गरेको छ ।

    images
    images
    images

    त्यसैगरि प्रतिनिधिसभा सदस्यका आकांक्षी उम्मेदवारहरु समानुपातिक तर्फ दिपक बहादुर सिंह भनराज जोशी, हिरेन्द नेपाली सिमा बिष्ट ओझा राम कुमार  नाम सिफारिस भएको छ ।

    साथै प्रदेश क्षेत्र ‘क’ प्रदेश सभा सदस्यका आकांक्षि उम्मेदवारहरु प्रत्यक्षतर्फ जगत बहादुर सिंह,कर्ण बहादुर खडका , धुव बहादुर रोकाया  यस्तै समानुपातिक तर्फ पुरुष गोरख बहादुर खड्का अग्निराज जोशी   महिला तर्फ गौरी  सिंह,जुनादेबि सिंहको नाम सिफारिस भएको छ ।

    यस्तै प्रदेश क्षेत्र “ख” प्रदेश सभा सदस्यका आकांक्षीका उम्मेदवारहरु प्रत्यक्षतर्फ बिरेन्द्र  बहादुर मल्ल, प्रभाकर ब सिंह, भान ब सिंह , बिस्नु जोशी  समानुपातिक तर्फ पुरुष कूण्ण ब मल्ल  ,झरेन्द कुवर,भोजराज जोशी, कटक मल्ल  लछ्मि कुमारी मल्ल को नाम राप्रपा  जिल्ला कार्यसमिति बझाङले सिफारिस गरेको छ ।

    प्रतिनिधि सभा र प्रदेश सभा प्रत्येक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिसमा सम्मान हैसियतको हिसाबले सिफारिस गरेको राप्रपा बझाङ का जिल्ला कार्यसमितिका अध्यक्ष बिरेन्द्र बहादुर मल्ल ले जानकारी दिनु भएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।