रमेश बहादुर सिंह, बझाङ । बझाङ जिल्लामा रहेको नव निर्मित भवनको उद्घाटन गरिएको छ। कायम मुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्कीले एक कार्यक्रमविच बुधबार जिल्ला अदालत बझाङको नबनिर्मित भबनको उद्घाटन गरेका हुन् ।
जिल्ला अदालत बझाङको लामो समयदेखि आफ्नो सुबिधा सम्पन्न भवनको अभाव झेलिरहेको थियो। २०७४ जेठ २४ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा सुबिधासम्पन्न भबनको सिलन्यास गरेका थिए ।
कोरोना महामारीका कारण ढिलासुस्ती भएपनि सो भबन जिल्ला भित्रकै नमुना, अत्याधुनिक तथा प्रबिधिमैत्री भएको जिल्ला न्यायाधीश नन्दकिशोर प्रसाद यादबले बताए । उक्त भवनको कुल लागत ८ करोड ३६ लाख ७३ रहेको थियोे ।
नबनिर्मित भवनको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला न्यायाधीश यादवले अदालत न्यायको मन्दिर भएकाले सेवाग्राही प्रतिको उत्तरदायित्व बहन गर्न आफू कुनै कसर बाकी नराख्ने बताए । आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको खुशी व्यक्त गरेका छन् । सेवा गाहक लाइ कुनै पनि बिभेद नगरि न्याय लएको अनुभूति दिउला सबै कार्यालय का कर्मचारी लाइ जानकारी दिएका छन्।
२०७८ असार ३ गते राजेन्द्र जाग्रति जेभी निर्माण कम्पनीले जिल्ला अदालतलाई उक्त भवन हस्तान्तरण गरेको थियोे ।
नवनिर्मित भवनको उद्घाटन कार्यक्रमको अध्यक्षता दिपायलका मुख्यन्यायाधीश नृपध्वज निरौलाले गरेका थिए भने विशेष अतिथि नारायण प्रसाद पन्थी रहेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology