सुमन गाहा, पाल्पा । पाल्पा जिल्लाको माथागढी गाउँपालिका- कसेनीमा सञ्चालन हुन गईरहेकाे सराई महाेत्सवकाे तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ।
सराई युवा क्लबकाे आयाेजनामा सुरू हुन गईरहेकाे महाेत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वस्तुको प्रदर्शनी, निकासीयाेग्य वस्तुको प्रवर्द्धन, लघु उधम सम्बन्धि प्रदर्शनी, पर्यटन प्रवर्द्धन, दैनिक उपभाेग्य वस्तु तथा सेवा हरूकाे प्रदर्शनी तथा बिक्री, ख्यातिप्राप्त कलाकारहरूकाे प्रस्तुति, स्थानीय गीत एवं नृत्य, विधालय स्तरीय नृत्य प्रतियोगिता र सास्कृतिक कार्यक्रम मुख्य आकर्षणकाे रूपमा रहेकाे सराई युवा क्लबका अध्यक्ष कृष्ण सारूले जानकारी दिए ।
महाेत्सवमा एक सय पचास स्टल राखिएका छन । महाेत्सव अवधि भर माथागढी गाउँपालिकाका ८ वटै वडा तथा सिमावर्ती गाउँपालिकाबाट बगनासकाली, पूर्वखाेला, तिनाउ र तानसेन समेतका गरी अवलाेकनाका लागि आउने सराई युवा क्लबका सँयाेजक सचिव माया बस्यालले बताए ।
भदौ २३ गते देखि असाेज ३ गतेसम्म १० दिन सञ्चालन हुने महाेत्सवकाे उद्घाटन माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीले गर्ने आयाेजकले जनाएकाे छ।
महाेत्सव कार्यक्रममा विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरूकाे सहभागीता रहने छ ।
भाेलि (बिहीवार) हुने उद्घाटनको दिन विभिन्न जातजातीका नाच तथा झाक्री समेत प्रदर्शन हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology