देवदह । देवदह नगरपालिका वडा नं. ४ को कार्यालयले वडामा रहेका सामाजिक सुरक्षा लाभग्राहीलाई सामाजिक सुरक्षा कार्ड नविकरणका लागि निवेदन पेश गर्न आह्वान गरेको छ ।
श्रावण १ गते नै सूचना आह्वान गरिएको भएपनि केही सेवाग्राहीहरूको नविकरणका लागि निवेदन नपरेको कारण पुनः सूचना जारी गरिएको वडा सचिव विष्णु पोखरेलले जानकारी दिए ।
वडा कार्यालयका अनुसार वडामा रहेका ३५८ जना सामाजिक सुरक्षा लाभग्राहीमध्य अझै ४० जनाको नविकरण बाँकी छ । आ.ब.२०७९।८० का लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र नबिकरण गर्ने अन्तिम मिति भदौ मसान्तसम्म मात्रै भएको र सो समयावधिमा नविकरण नभएमा सामाजिक सुरक्षाबाट लाभग्राही छुट्न सक्ने सचिव पोखरेलले जानकारी दिए ।
वडामा रहेका सामाजिक सुरक्षा लाभग्राहीहरूमा जेष्ठ नागरिक ७० बर्षमाथिका १ सय ८७ जना, जेष्ठ एकल महिला ४३ जना, दलित बालबालिका २३ जना, जेष्ठ दलित १९ जना, एकल महिला ५६ जना र चालू आर्थिकबर्षमा नयाँ दर्ता भएका ३८ जना रहेको वडा कार्यालयले जनाएको छ ।
नविकरण गर्न वाँकी विवरण यस प्रकार छ:
अन्य जेष्ठ नागरिक
१) शुसिला न्यौपाने
२) देउरुपा तिवारी
३) शर्मानन्द पाण्डे
४) हरिमाया न्यौपाने
५) नन्दलाल भट्टराई
६) लेमकान्त पाण्डे
जेष्ठ नागरिक (दलित)
१) मनिसरा नेपाली
जेष्ठ नागरिक एकल महिला
१) शान्ति पाण्डे
२) निर्मला श्रेष्ठ
३) पल्टि कंवर थारु
४) जानकी पाण्डेय
एकल महिला
१) डिल कुमारी वसेल
२) सावित्री क्षेत्री कार्की
३) हरिकला भट्टराई
४) कुमारी कुर्मी
अति अशक्त अपाङ्ग
१) श्याम माया दमाई
दलित बालबालिका
१) सोफिया नेपाली
२) संगम रसाली
३) साहरा वि.क.
४) युनिसा सुनार
५) प्रमिसा वि.क.
६) आस्मा बि.क.
७) एस्लिन मुसहर
८) समृद्धि मुसहर
९) सम्रागी मुसहर
१०) विनिता मुसहर
११) सदिक्षा नेपाली
१२) प्रिन्स मुसहर
१३) ईभान नेपाली
१४) नविन मुसहर
१५) अभिषेक मुसहर
१६) रिजोन परियार
१७) निश्चल मुसहर
१८) आकृति नेपाली
१९) युवराज बि.क.
२०) विपिन मुसहर
२१) शुसान दर्जि
२२) सुमन मुसहर
२३) प्रसान्त परियार
२४) अंशिका वि.क.

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology