काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्याण्डको बालमोरल प्यालेसमा विहिबार निधन भएको जानकारी दिएको हो ।
गत अक्टोबरदेखि स्वास्थ्य समस्यासँग लड्दै गरेकी रानी एलिजाबेथ सार्बजनिक कार्यक्रममा देखिएकी थिइनन् । त्यसैले उनी लण्डनको बकिङ्घम प्यालेसको सट्टा स्कटल्याण्डको बालमोरल क्यासल रहेकी थिइन् ।
९६ बर्षिय महारानी एलिजावेथ १९५२ देखि ७० बर्षसम्म बेलायतको रानी बनेकी थिइन् । ७० वर्ष सिंहासनमा बसेकी उनको शासनकाललाई बेलायतमा सबैभन्दा लामो मानिन्छ । उनको स्थानमा राजकुमार चार्ल्सलाई राजा बनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology