Logo

२०८३, आश्विन १२गते


images
images

पितृ बुझाउने र भूमि पूजा गर्ने चेपाङको न्वागी पर्वमा पहिलोपटक सार्वजनिक विदा

पितृ बुझाउने र भूमि पूजा गर्ने चेपाङको न्वागी पर्वमा पहिलोपटक सार्वजनिक विदा

images
  • पितृ बुझाउने र भूमि पूजा गर्ने चेपाङको न्वागी पर्वमा पहिलोपटक सार्वजनिक विदा
    images
    images

    राजेश पराजुली, धादिङ । नेपालका जातिअनुसार रोचक र अनौठा किसिमले पर्वहरू  मनाइन्छ । यहाँका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र  चाखलाग्दो छ । चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ राष्ट्रिय पर्व हो । 

    images
    images
    images

    चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो । पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रूपमा परिचित यो पर्वमा आफ्ना कुलभरिमा मानिस मुल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् । 

    images
    images
    images

    यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ ।

    images
    images
    images

    “नयाँ बाली पाकेपछि पितृलाई नबुझाइ खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरूले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ”, धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ माथिल्लो ओर्वाङका ८३ वर्षीय झाँक्री जीतबहादुर चेपाङले भन्नुभयो, “नयाँ बाली पितृलाई नबुझाइ र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कुल रिसाउँछ । मानिस बिरामी पर्छ ।अनिष्ट भएरै छोड्छ । ”चेपाङ समुदायले आफ्नो प्रमुख चाडको रुपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँछन् । 

    भदौमा नयाँ अन्नवाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री (पान्दे)हरुले एकपाखे ढ्याङ्ग्रोे ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ ।

    “पितृ नबुझाइ र अन्न उत्पादन गराइदिएकामा भूमिलाई धन्यवाद नदिई नयाँ बाली खाएमा अनिष्ट हुन्छ, अशुभ हुन्छ, पितृ रिसाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ”, चेपाङ सङ्घ बागमती प्रदेश समितिका कोषाध्यक्ष उद्धव चेपाङले भन्नुभयो, “यो पर्वमा झाँक्री बसेर रातभर सिमेभुमे फालाकेर मात्रै खानुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो ।” 

    छरछिमेकी, नाताकुटुम्व आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन् । ठाउँ र कूलअनुसार पनि न्वागी मनाउने चलन फरक–फरक छ । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन् । भेला भएर ढ्याङ्ग्रोे बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । 

    न्वागीको दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने चेपाङ सङ्घ धादिङका अध्यक्ष भीमबहादुर चेपाङले बताए ।

    वारनामा कोही चेपाङ काममा निस्कँदैनन् । यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा बुधबार रातभर ढ्याङ्ग्रोमा फलाकेर बिहान न्वागी पूजा सम्पन्न भएको छ ।

    चेपाङको न्वागीमा पहिलोपटक सार्वजनिक बिदा

    यस्तै चेपाङ सङ्घले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल्य क्षेत्रमा न्वागी मनाउँदै आएका छन् । 

    यो वर्ष चितवनमा मनाएका छन् । न्वागी मनाउन धादिङ, चितवन र मकवानपुरमा सरकारले बुधबार सार्वजनिक बिदा दिइएको थियो । 

    न्वागी मनाउन सार्वजनिक बिदा दिइएको यो नै पहिलो वर्ष हो ।
    सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । महाभारत पर्वत शङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङहरूको घना बसोबास छ  ।

    राष्ट्रिय जनगणना विसं २०६८ अनुसार चेपाङ जातिको जनसङ्ख्या ६८ हजार तीन सय ९९ जना रहेको छ । यो समुदायको जनसङ्ख्या सबैभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा बाहुल्यता छ । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको तथ्याङ्ककले देखाएको छ ।

    चेपाङ भाषाबाटै ‘धादिङ’को नाम
    धादिङ जिल्लाको नाम पनि चेपाङ (प्रजा) भाषाबाटै राखिएको भन्ने कथन छ । चेपाङले ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी देउता’ हो, यसैलाई मिलाएर धादिङ नाम बसेको हो”, चेपाङ सङ्घ बागमती प्रदेश समितिका कोषाध्यक्ष उद्धव चेपाङले भन्नुभयो । 

    चेपाङहरू पहिलादेखि नै यहाँ बसोबास गरेको र उनीहरुले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि यसै जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहन गएको हो भन्ने जनश्रुतिले यहाँ जनसमर्थन पाएको छ । 

    चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भिरपहरा आदिको नाम चेपाङ भाषाबाटै राखिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चेपाङको न्वागी पर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।