धुर्ब लामिछाने, देवदह । 'बैंक तथा वित्तिय संस्था पीडित संघर्ष समिति' देवदहले देवदह नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनको समयमा उद्योग, व्यापार, व्यवसाय साथै रोगजार ठप्प भएको अवस्थामा पनि बैंक तथा वित्तिय संस्थाहरुले जनताको पिर मर्कालाई वास्ता नगरी मनमानी ढंगले चर्को ब्याजदर लिएको भन्दै पिडित संघले आइतबार नगर प्रमुख ध्रुब प्रसाद खरेललाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा महामारीको समयमा लादिएको चर्को ब्याजको कारण कतिपय ऋणिहरुले आत्महत्या समेत गरेको उल्लेख गर्दै आत्महत्या गर्न बाध्य बनाउने बैंक तथा वित्तीय संस्थाहरूको नियमनमा राज्यले बेवास्ता गरेको जनाईएको छ । पत्रमा पीडित जनताको माग पूरा नभए आन्दोलनमा जान बाध्य हुने समेत उल्लेख गरिएको छ।
साथै, गत वर्षको दैबिक प्रकोपका कारण कृषकहरुको धानबाली नष्ट भएको, कति परिवारको घर समेत भत्किएको अवस्थामा पनि सरकारले कृषकहरुलाई ध्यान नदिएको भन्दै पुनः यस विषयमा तिनै तहका सरोकारवालाहरुको ध्यान जानुपर्ने अध्यक्षको नाम उल्लेख नगरिएको ज्ञापन पत्रमा जनाईएको छ ।
यस्ता छन् मागहरु :
- कोभिड अवधि भरीको ब्याज हर्जना मिनाह गर्नुपर्ने,
- कोभिड भरी लाग्दै आएको आय कर छुट गर्नुपर्ने,
- बैंक तथा वित्तीय संस्थमा एक अंक दरले ब्याज कायम गरिनुपर्ने,
- पीडित किसानहरुलाई राहतको व्यवस्था गरिनुपर्ने,
- औधोगिक तरिकाबाट व्यवसाय गरेका हरुलाई सहुलियत कर्जा त अनुदानको व्यवस्था गरिनुपर्ने।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology