Logo

२०८३, आश्विन १०गते


images
images

दलित मुक्ति संगठनले दलित जागरण अभियान संचालन गर्ने

दलित मुक्ति संगठनले दलित जागरण अभियान संचालन गर्ने

images
  • दलित मुक्ति संगठनले दलित जागरण अभियान संचालन गर्ने
    images
    images

    राजेश पराजुली, काठमाडौं । नेपाल दलित मुक्ति संगठनले आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन लक्षित गर्दै ७५ दिने निर्वाचन परिचालन तथा दलित जागरण अभियान संचालन गर्ने भएको छ ।

    images
    images
    images

    त्यसका लागि आगामी कार्ययोजना अन्तरगत साँगठनिक तथा प्रचारात्मक कार्यलाई केन्द्रीत गर्दै यही असोज १ गतेदेखि मंसिर ४ गतेसम्म “उत्पीडित दलित समुदायको घरघर जाऔंं । नेकपा (एकीकृत समाजवादी) लाई विजय गराऔं भन्ने नाराका साथ ७५ दिने निर्वाचन परिचालन तथा दलित जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    केन्द्रिय कार्य समितिको बैठकले गरेको निर्णय अनुसार जारी गरेको अन्तर संगठन निर्देशन अनुसार संगठनले गरेको निर्णय कार्यान्वयन गर्न संगठनका सबै तहका कमिटीहरु निर्वाचन परिचालन कमिटीमा रूपान्तरण गर्ने उल्लेख गरिएको छ ।
    जस अनुसार असोज १० गतेभित्र सात वटै प्रदेश कमिटीका बैठक सम्पन्न गरी प्रदेश स्तरीय योजना निर्माण गर्ने, असोज मशान्तभित्र संगठनका जिल्ला कमिटीका बैठक बसी पालिका र वडाहरूमा कमिटी गठन, पुनर्गठन, भेला, प्रशिक्षणको आयोजना गर्ने र त्यस अभियानमा संगठनका केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका नेता कमरेडहरुको टीम बनाएर हरेक पालिकाहरूमा पुग्ने उल्लेख छ ।

    images
    images
    images

    त्यसैगरी आगामी कार्तिक तेस्रो हप्ताभित्र हरेक जिल्लामा नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्रमा के छ ? भन्ने विषयमा जिल्लास्तरीय अन्तरक्रिया तथा दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने, आगामी असोज मसान्तभित्र ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा अलग वा पार्टी कार्यालयमा संगठनको सम्पर्क कार्यालय अनिवार्य रुपमा स्थापना गर्ने, आगामी निर्वाचनका लागि हरेक जिल्लामा उत्पीडित दलित समुदायका कलाकारहरुको अलग साँस्कृतिक टोली बनाएर दलित वस्तीहरुमा परिचालन गर्ने निर्णय पनि गरेको छ ।

    दलित जनसंख्याको आधारमा प्रतिनिधिसभामा १३.८ प्रतिशत र हरेक प्रदेशमा सो प्रदेशमा रहेको दलित जनसंख्याका आधारमा हुन आउने संख्या अनुसारका नामहरु रितपूर्वक पार्टी केन्द्रलाई सिफारिश गर्ने भएको छ ।

    सो संगठनले आगामी कार्ययोजना अन्तरगत साँगठनिक तथा प्रचारात्मक कार्यलाई केन्द्रीत गर्दै यही २०७९ असोज १ गतेदेखि २०७९ मंसिर ४ गतेसम्म “उत्पीडित दलित समुदायको घरघर जाऔं । नेकपा (एकीकृत समाजवादी) लाई विजय गराऔं ।” “७५ दिने निर्वाचन परिचालन तथा दलित जागरण अभियान” संचालन गर्न संगठनका सबै तहका कमिटीहरु निर्वाचन परिचालन कमिटीमा रूपान्तरण गरिने निर्णय गरिएको छ ।

    संगठनको चौथो केन्द्रीय कमिटीको बैठकले आगामी निर्वाचनमा जारी गरिने राजनीतिक दलका घोषणा पत्रमा दलित समुदायको समस्या हल गर्न ठोस कार्यक्रम सहितका प्रगतिशील आरक्षण समावेश गर्न माग गरेको छ । दलित समुदायको जनसंख्याका आधारमा सार्थक प्रतिनीधित्व हुने गरी निर्वाचन सम्बन्धी कानून संशोधन गर्न जोडदार माग पनि गरेको छ ।
    सो बैठकले नेपालको संविधानको धारा ४० (५) र (६) को मर्म र भावना अनुसार दलित समुदायको भूमिहिनता, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीभित्र दलितहरुको अलग पहिचान गरी जमिन उपलब्ध गराउन माग गरेको छ । साथै सो बैठकले १० वटा समसायीक प्रस्तावहरु पारित गरेको अन्तर संगठन निर्देशिकामा उल्लेख गरिएको छ ।

    संगठनका अध्यक्ष कमरेड गणेश विश्वकर्माको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको सो बैठकको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री कमरेड माधवकुमार नेपालले गरेका थिए ।
    सो बैठकमा पार्टीका उपमहासचिव तथा मोर्चा संगठन प्रमुख डा.विजय पौडेल र पार्टी स्थायी कमिटी सदस्य तथा मोर्चा संगठन उपप्रमुख भवेश्वर पराजुलीले निर्वाचन परिचालन तथा संगठन निर्माण, पार्टीसंगको सम्बन्ध र आन्दोलनमा एकसाथ हस्तक्षेपको नीति लिनुपर्ने कुरामा जोड दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दलित जागरण अभियान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।