Logo

२०८३, आश्विन ९गते


images
images

निम्न माध्यमिक तह लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, १८ प्रतिशत उत्तीर्ण

निम्न माध्यमिक तह लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, १८ प्रतिशत उत्तीर्ण

images
  • निम्न माध्यमिक तह लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, १८ प्रतिशत उत्तीर्ण
    images
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । 

    images
    images
    images

    १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन् । यो १८.२६ प्रतिशत हो । 

    images
    images
    images

    प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन् । ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए । जसमा २०.२६ प्रतिशत मात्रै पास भएका छन् ।

    images
    images
    images

    त्यस्तै मधेश प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना पास भएका छन् । जसमा १०.५९ प्रतिशत मात्रै पास भएका हुन् । 

    बागमती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना पाएका छन् । यहाँ २४.८० प्रतिशत पास भएका हुन् । गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७५१ जना पास भएका छन् । यो २१.९७ प्रतिशत हुन आउँछ । 

    लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना उत्तिर्ण भएका छन् । यो २०.७७ प्रतिशत हो । 

    कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना मात्रै पास भएका छन् । यो १३.१८ प्रतिशत हुन आउँछ । 

    सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले परीक्षा दिएकोमा ३ हजार २६३ जना पास भएका छन् । यो १५.०७ प्रतिशत हुन आउँछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।