Logo

२०८३, कार्तिक २७गते


images
images

समाचार फिचर लेखन तालिम सम्पन्न

समाचार फिचर लेखन तालिम सम्पन्न

images
  • समाचार फिचर लेखन तालिम सम्पन्न
    images

    बुटवल।  बुटवलमा समाचार फिचर लेखनसम्बन्धी पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको आयोजना तथा जिल्ला शाखा रुपन्देहीको संयोजनमा संचालित  ४ दिने फिचर लेखन तालिमको बिहीबार समापन भएको हो। 

    images
    images
    images

    समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा प्रमुख प्रक्षिक्षक डा. सुरेश आचार्यले समाचार तथ्यमा केन्द्रित भएर लेख्नुपर्ने बताए । 'पछिल्लो समय लेख्ने पत्रकार पाउन मुक्सिल छ, त्यसैले अबका दिनमा सबैले लेख्ने बानीको विकास गर्ने विश्वास लिएको छु' डा. आचार्यले भने । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले  तथ्यको खोजी गर्न पत्रकारले अल्छी गर्न नहुने बताए। "सम्बन्धित ठाउँमा नपुग्दासम्म तथ्य बाहिर नआउन सक्छ । त्यसका लागि ठाउँमै पुग्नुपर्छ ।" पछिल्लो समय पत्रकारिताप्रति आकर्षण घटेकोमा दुख समेत व्यक्त गर्दै अबका दिनमा यस्तो समस्या नआयोस भन्नका लागि पत्रकारिता तालिम ल्याएको उनले बताए ।

    images
    images

    तालिममा २६ जनाले प्रशिक्षण लिएका थिए। तालिमका सहभागी विष्णु पोखरेल, अनिता चौधरी, प्रविन गाहा, सुजिता श्रेष्ठले आफूले तालिममा सिकेको अनुभव सुनाएका थिए।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता, नेपाल पत्रकार महासंघ केन्द्रीय पूर्व अध्यक्ष डा. सुरेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहकार डा. बालकृष्ण चापागाई, कार्यक्रम संयोजक राम दाहाल,जिल्ला सहसचिव माया केसी तथा नेपाल पत्रकार महासंघ जिल्ला रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलको स्वागतमा सम्पन्न भएको थियो । समापन कार्यक्रमको संचालन महासंघका कार्यवाहक सचीव विरेन्द्र कुँवरले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।