Logo

२०८३, कार्तिक २७गते


images
images

१०७ वर्षे 'आमा' सम्मानित

१०७ वर्षे 'आमा' सम्मानित

images
  • सेतोमसी सहकर्मी
  • १०७ वर्षे 'आमा' सम्मानित
    images

    कृष्ण अन्जान, कास्की ।  जिल्लाको उत्तर पश्चिममा रहेकाे पुरन्चौर क्षेत्रभित्र पर्ने तल्लाकाेटकाे विन्देश्वरी माध्यमिक विध्यालयमा बिहानै देखि चहल पहल थियाे । शुक्रबार एघार बज्दा नबज्दै गाउँ तिर र शहरबाट मान्छे हरु आउन थालिसकेका थिए । यहाँ बेग्लै प्रकारकाे कार्यक्रमकाे मेसाे मिलाईएकाे थियाे ।

    images
    images
    images

    हालकाे पाेखरा महानगर पालिका वडा नं १९ र साबिक पुरुन्चौर गाबिस वडा नं २ ढुड्गानाथर निवासी एकसय सात वर्ष पूरा  भएकी आमा बालु ढुड्गानालाई एक कार्यक्रमका बिच शुक्रबार सम्मान गरिएकाे छ । 

    images
    images
    images

    जेष्ठ नागरिक सरोकार समाज कास्कीले अबिर खादा रुद्राक्षको माला दोसल्ला सम्मान पत्र दिएर  वयोवृद्ध आमा ढुँगाना लाई सम्मान गरिएकाे हाे ।
      
    कार्यक्रमको प्रमुख अतिथि वडा नं. १९का  वडाका अध्यक्ष पुष्पेन्द्र पान्डे, बिशेष अतिथि राम प्रसाद बतास, कडा नं. १९  का वडा सदस्यहरु क्रमश बिकास आचार्य, दुर्गा देवी बस्नेत, कल्पना सुनार   लगायतको बाक्लो उपस्थित रहेको थियो ।  

    images
    images

    सम्मान कार्यक्रममा बाेल्दै पाेखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बृद्ध अवस्थाका बाआमा, अशक्त, अपाँगकाे सेवा गर्न पाउनु पुण्यकाे काम भएकाे बताए ।

    आमाको  १०७ बर्षको उमेरसम्म आमाको सेवा गरी आशिर्बाद लिन  पाएकोमा घर परिवार ईस्टमित्र, समाजका सबैले खुसी ब्यक्त  गरेका थिए । 

    वडा सदस्य बिकास आचार्यले    वडा नं १९ को सबैभन्दा जेष्ठ नागरिक आमा बालु ढुड्गाना भएको र   आमाले यो समाजमा पुर्याएकाे  याेगदान  सँगै   सन्ततीले यो समाजलाई पुर्याएको  अतुलनिय  योगदानकाे  खुलेरै प्रशंसा गरे ।

     कार्यक्रममा   बिन्ध्येश्वरी माविका प्राचार्य श्रीराम आचार्य, जेष्ठ नागरिक समाज नेपालका उपाध्यक्ष केशव ढकाल, सम्मानित परिवारको तर्फबाट नारायण प्रसाद ढुड्गाना , वडा सदस्य  दुर्गा देबी बस्नेत, कल्पना सुनार लगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै सम्मानित आमा बाट आशिर्वाद लिएका थिए ।

    ज्येष्ठ नागरिक समाजका अध्यक्ष  स्वागत मन्तब्य जेष्ठ नागरिक समाज कास्कीका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा वडा न १९  नं शाखाका  अध्यक्ष राघा गौतमले स्वागत गरेकि थिईन भने  सन्चालन समाजका महासचिव बिष्णु पर्साद पौडेलले गरेका थिए ।

    पुरन्चौर क्षेत्रकै सबैभन्दा जेष्ठ नागरिक  १०७ बर्षिय आमा बालु ढुड्गानाको ९१ जना सन्तती  रहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।