Logo

२०८३, आश्विन ११गते


images
images

विश्व आत्महत्या रोकथाम दिवस: ३८ महिनामा बझाङमा १०३ जनाले गरे आत्महत्या

विश्व आत्महत्या रोकथाम दिवस: ३८ महिनामा बझाङमा १०३ जनाले गरे आत्महत्या

images
  • विश्व आत्महत्या रोकथाम दिवस: ३८ महिनामा बझाङमा १०३ जनाले गरे आत्महत्या
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा सार्वजनीक गरेको तथ्याङ्क अनुसार प्रेममा असफल, शैक्षिक असफलता मानसिक असन्तुलन, शारीरिक पीडा लगायतका कारण आत्महत्या गर्नेको संख्यामा वृद्धि छ । प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले गत ३८ महिनामा १०३ जनाले आत्महत्या गरेको जानकारी दिएका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी जागेश्वर भण्डारीले आत्महत्याले सामाजिक र मनोवैज्ञानिक असर गर्ने भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्ने सबैको दायित्व रहेको बताए । दिवसकै अवसरमा सदरमुकाम चैनपुर बजारमा जनचेतनामुलक सन्देशसहित प्रभातफेरी र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

    images
    images
    images

    आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी छन् । तीन बर्ष दुई महिनामा ६१ महिला र ४२ पुरुष गरी १०३ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका घटना हरेक वर्ष बढ्दै गएको देखिन्छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–०७७ मा २० महिला र ९ पुरुष गरी २९, आर्थिक वर्ष २०७७–०७८ मा १९ महिला र १७ पुरुष गरी ३६, आर्थिक वर्ष २०७८–०७९ मा १७ महिला र १२ जना पुरुष गरी २९ र आर्थिक वर्ष २०७९–०८० को दुई महिनामा ५ जना महिला र ४ जना पुरुष गरी ९ जनाले आत्महत्या गरेका छन् ।

    विगतको तुलनामा पछिल्लो तीन बर्ष दुई महिनामा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ । जिल्लामा सबैभन्दा बढी आत्महत्या गर्नेमा जयपृथ्वी नगरपालिकामा छन् । 

    यस अवधिमा जयपृथ्वी नगरपालिकाका २० जनाले आत्महत्या गरेका छन् भने बुंगल नगरपालिका र खप्तडछान्ना गाउँपालिकाका १५–१५ जनाले आत्महत्या गरेका छन् ।

    त्यस्तै मष्टा गाउँपालिकाका ९, सुर्मा, दुर्गाथली र केदारस्युँ गाउँपालिकाका ८–८, वित्थडचिर गाउँपलिकाका ६, तलकोट गाउँपालिकाका ५, छविसपाथिभेरा र थलारा गाउँपालिकाका ४–४ र सबैभन्दा कम साइपाल गाउँपालिकाका १ जनाले मात्रै आत्महत्या गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा निमित्त प्रमुख जिल्ला अधिकारी प्रमाेद चनले भने समाजमा यस्ता घटनाहरू घटिरहेका हुन्छन् यिनकाे राेकथाका लागि सबैले एकजुट भई न्यूनीकरणमा लाग्न अावश्यक रहेकाे बताए । 

    समाजपरिवर्तन गर्न हामी सबैकाे दायित्व हाे ,संविधानले हामी सबैलाई बाधेकाे छ । संबिधान भित्र रहेर समाज परिवर्तन गर्न लाग्नु अाजकाे अावश्यकता रहेकाे नेपाल पत्रकार महासंघ बझाङका सचिव ललितबहादुर सिंहले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।