Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा म्याक्सी म्याक्स एजुकेशनको शाखा विस्तार  

पोखरामा म्याक्सी म्याक्स एजुकेशनको शाखा विस्तार  

images
  • पोखरामा म्याक्सी म्याक्स एजुकेशनको शाखा विस्तार  
    images
    images

    राजेश पराजुली, पोखरा । अष्ट्रेलियामा मुख्य कार्यलय रहेको शैक्षिक परामर्श केन्द्र म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसको शाखा पोखरामा विस्तार भएको छ । पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार विष्णुकुमार श्रेष्ठ अल्पविराम र राजेश्वरी श्रेष्ठले केन्द्रको उद्घाटन गरेका हुन् ।

    images
    images
    images

    नेपाली संगीतमा ख्याती कमाएका पोखरेली ब्याण्ड कन्दराका गायक बिबेक श्रेष्ठको समेत लगानी रहेको म्याक्सी म्याक्सको पोखरा शाखा नेपालका लागि तेस्रो शाखा हो । 

    images
    images
    images

    यसअघि नेपालमा चितवनको पर्सा तथा काठमाण्डौको कुमारीपाटीमा सञ्चालनमा आएको छ । यस बाहेक म्यानमार, लाओस, फिलिपिन्समा समेत यसको शाखा विस्तार गरिएको पोखराका निर्देशक श्रेष्ठले बताए । 

    images
    images
    images

    म्याक्सी म्याक्सले अष्ट्रेलिया लगायत अमेरिका, क्यानडा, युके, युरोपेली देशहरुका कलेज तथा युनिभर्सिटी अध्ययनका लागि परामर्श तथा सेवा प्रदान गर्दै आइरहेको छ ।

    कार्यक्रममा बिभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधीहरुले अष्ट्रेलियामा अन्र्तराष्ट्रिय विद्यार्थीहरुले पढ्न पाउने विषय र अवसर तथा त्यसका लागि चाहिने प्रकृयाका बारेमा अवगत गराएका थिए । 

    पोखरा चिप्लेढुङ्गाको आयुष प्लाजामा अवस्थित शैक्षिक परामर्श केन्द्रले विद्यार्थीहरुका लागि कलेज, युनिभर्सिटी तथा विषय छान्नका लागि परामर्श र प्रकृयाका सहयोग गर्नेछ । 

    यसका अलावा दक्ष जनशक्तीहरुलाई माइग्रेशन सम्बन्धी सेवा तथा भिजिट भिसामा जान चाहनेहरुका लागि पनि उचित परामर्श, डकुमेन्टेशन तथा प्रकृयाका लागि सेवा प्रदान गर्ने श्रेष्ठले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।