Logo

२०८३, कार्तिक २७गते


images
images

सम्पादक समाजका पुर्बअध्यक्ष वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

सम्पादक समाजका पुर्बअध्यक्ष वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

images
  • सेतोमसी सहकर्मी
  • सम्पादक समाजका पुर्बअध्यक्ष वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन
    images

    काठमाडौं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । उनको आइतबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

    images
    images
    images

    निमोनिया भएपछि उनलाई ललितपुरको बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    images
    images
    images

    नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतम सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासङ्घका कार्यवाहक सभापति थिए । 

    images
    images

    ७७ वर्षीय गौतम कोभिड सङ्क्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

    पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उनले सदा प्रजातन्त्रका पक्षमा कलम चलाएका थिए । पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उनीबाट सम्पादन, प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो ।

    २०४२ को बम काण्डका बेला रामराजा प्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उनलाई छ महिना हनुमानढोकामा थुनिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सम्पादक समाज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।