Logo

२०८३, कार्तिक २७गते


images
images

देवदहमा महिलाहरूको नेतृत्व तथा क्षमता विकास तालिम सुरु

देवदहमा महिलाहरूको नेतृत्व तथा क्षमता विकास तालिम सुरु

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा महिलाहरूको नेतृत्व तथा क्षमता विकास तालिम सुरु
    images

    ध्रुब लामिछाने, देवदह । देवदहमा महिलाहरूको नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ। देवदह नगरपालिका वडा नं ५ को आयोजना तथा कामना सेवा विकास बैंक खैरेनी शाखाको सह-आयोजनामा महिलाहरुलाई दक्ष बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो। received_5395315273921046.jpeg

    कार्यक्रममा बोल्दै देवदह प्रमुख धुर्ब प्रसाद खरेलले महिला दिदीबहिनीहरूको क्षमता हुँदाहुँदै पनि आफ्नो हरेक चाहनालाई लुकाउँदै आइरहेको अवस्थामा यस्ता कार्यक्रमले महिलाहरुलाई अगाडि बढ्न सहयोग गर्ने बताए । अभ्यास नै ठूलो सिकाइ भएको बताउँदै उनले सबै महिलाहरूलाई तालिमले दक्ष बनाउनेमा आफू ढुक्क भएको बताए।

    त्यस्तै कार्यक्रममा बोल्दै देवदह नगरपालिका  उप प्रमुख विद्यालक्ष्मी गुरुङले महिलाहरुले आफूलाई कमजोर ठान्न नहुने बताइन्। उनले आफ्नै उदाहरण दिँदै आफू पहिलेको विद्या र अहिलेको विद्यामा धेरै फरक रहेको बताउँदै अबका दिनमा यस्ता तालिमले सबै महिलाहरुलाई अगाडि बढ्न ठूलो मद्दत पुग्ने अठोट गरिन्।

    तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई मिडियाकर्मी तथा रेडियो देवदहका पुर्व स्टेसन म्यानेजर रमेश पोखरेलले प्रशिक्षण दिँदै महिलाहरूको क्षमता विकास गरी समुदायमा महिला हिंसाविरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका बारेमा सचेतना जगाउनु आवश्यक रहेको बताए ।

    देवदह नगरपालिका वडा नं ५ को महिला सदस्य सावित्रा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रे,  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, कामना सेवा विकास बैंक खैरेनी शाखाका ब्रान्च इन्चार्ज सिताराम श्रेष्ठ, महिला नेतृ अञ्जु श्रेष्ठ, कामना सेवा विकास बैंकका मिलन खरेल, जनप्रतिनिधि, कर्मचारी साथै वडाका महिला दिदीबहिनीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

    ३ दिनसम्म चल्ने तालिममा देवदह वडा नं ५ का आमा समूह, टोल विकास संस्थाका महिला पदाधिकारीहरु तथा अगुवा महिलाहरूलाई लक्षित गरिएको छ। तालिम जेष्ठ नागरिक मिलन केन्द्रको सभाहलमा सञ्चालन भएको छ। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।