Logo

२०८३, आश्विन ९गते


images
images

अँध्यारो दिनको सम्झना

जेठ ३ र १९ : रहस्यकै गर्भमा नेपाली राजनीतिका नायकहरुको हत्या

जेठ ३ र १९ : रहस्यकै गर्भमा नेपाली राजनीतिका नायकहरुको हत्या

images
  • जेठ ३ र १९ : रहस्यकै गर्भमा नेपाली राजनीतिका नायकहरुको हत्या
    images
    images

    रामचन्द्र तिम्सिना । लोकप्रिय, जनप्रीय र अदभुत क्षमताका धनी जननेता भण्डारीको हत्या भएको पनि आज २८ बर्ष भइसकेको छ तर हत्या अझै रहस्यमय नै छ । उनको हत्या भएको यही जेठ तीन गते २८ वर्ष पूरा भएको हो । तर पनि हत्यारा अझै पत्ता लगाउन सकेका छैनन् । 

    images
    images
    images

    उनको विसं २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा भएको थियो । उनी चढेको जिप त्रिशूलीमा खसेको थियो, जहाँ उनी बाँचेनन् । तर, उनका ड्राइभर बाँच्न सफल भए । त्यो दुर्घटनालाई सबैले ‘दुर्घटना’ होइन, रहस्यमय वा नियोजित ‘हत्या’ भन्दै आएका छन् । तर कसले र किन गर्‍यो उनको हत्या ? यो चाहिँ आजसम्म पनि रहस्यमय नै रहेको छ ।

    images
    images
    images

    त्यसैगरी दिवंगत पुर्वराजा विरेन्द्रको बंशनाश हुनेगरी भएको २०५८ साल जेठ १९ गतेको नारायणहिटि दरबार हत्याकाण्डको पर्दा पनि अझै खुलेको छैन।

    images
    images
    images

    दासढुंगा दुर्घटनामा मदनसँगै एमालेका सङ्गठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो। उक्त दुर्घटनामा जिपका चालक अमर लामा मात्र बाँचेका थिए। उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। ड्राइभरको समेत हत्या भएपछि यो काण्ड झन् रहस्यमय बन्दै गएको छ । ती तीनैजनाको हत्याको रहस्य अझै सम्मपनि पत्ता लागेको छैन।

    त्यस्तैगरी युवराज दीपेन्द्र शाह सहित स-परिवार मारिएको कहाली लाग्दो दरबार हत्याकाण्ड अझै रहस्यमय बन्दै गएको छ।

    मदन भण्डारी नेपाली राजनीतिका एक अदभुत जननेता हुन् । जनताले उनको गुनगान गाउन अझै छाडेका छैनन् । त्यसैगरी पुर्वराजा विरेन्द्रलाई पनि नेपालीहरुले लोकतन्त्रवादी राजाको रूपमा बुझेका थिए।हाल देशको यो स्थिति देख्दा बुढापाखाले नि भन्ने गरेका छन् "मदन भण्डारी" र राजा "बिरेन्द्र" जिवित भएको भए यो देश अहिले कहाँ पुगिसक्थ्यो । 

    चुनावको बेला देशलाई भोलि नै पूरै परिवर्तन गराएर सिंगापुर बनाउला जस्तै गरेर भोट माग्छन् र जितिसकेपछि गाउँमा त मुख पनि देखाउँदैनन् । गाँउघर तिर गएको बेला यस्तो असन्तुष्टिहरु धेरै पोखेको सुन्ने गर्छौं। 

    मदन भण्डारी पार्टीगत रूपमा एमालेका महासचिव भए पनि उनी मुलुक कै आशा लाग्दा नेताका रूपमा उदाएका थिए। प्रखर वक्ता मदन भण्डारीको प्रशंसा नगर्ने सायद कोही थिएनन। काँग्रेसका जननायक विपी कोइराला र एमालेका जननेता मदन भण्डारी नेपालमा अहिलेसम्म सबैले पुज्ने नेताहरूमा पर्छन्।

    आजकै दिन २८ वर्ष अगाडि नियाेजित हत्या गरिएका मदन भण्डारी र जीवराज आश्रीत हत्याकाण्डकाे एक सदस्यीय छानबिन समितिकाे संयाेजक केपि शर्मा ओेलि ३ पटक प्रधानमन्त्री र स्वंय मदन भण्डारीकाे पत्नी २ पटक राष्ट्रपति बनेकाे देशमा पनि मदन भण्डारी र जीवराज आश्रीतले न्याय पाएनन् भने सामान्य जनताको के होला ? सर्वाधिक गुन्जिने प्रश्न मध्य एको हो। २०५८ साल जेठ १९ र २०५० साल जेठ ३ अझै रहस्यको गर्भमा ।

    (सेतोमसीलागि नुवाकोट सहकर्मी रामचन्द्र तिम्सिना 'आवाज' ले तयार पारेको रिपोर्ट )

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।