Logo

२०८३, आश्विन ९गते


images
images

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिताको तयारी पुरा

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिताको तयारी पुरा

images
  • ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिताको तयारी पुरा
    images
    images

    राजेश पराजुली, पोखरा । १३ देशका १ हजार ४ सय २५ खेलाडी पोखरामा  हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२  ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ को सम्पूर्ण तयारी पुरा भएको छ ।

    आयोजकले एक प्रेस विज्ञप्ति प्रकाशित गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएका हुन् । प्रतियोगितामा सिनियर र जुनियर तर्फको १४ वर्षदेखि ६० वर्ष भन्दा माथी क्यारोगीतर्फ महिला पुरष गरी विभिन्न ८ वटा तौल समुहमा गरी कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथी एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणाले जनाए ।


    प्रतियोगिता मुल आयोजक समितिका सचिव जगन गुरुङका अनुसार प्रतियोगितामा सहभागी हुन १३ देशका १ हजार ४ सय २५ खेलाडी पोखरा आइसकेका छन् । एउटै खेलका लागि यति ठुलो संख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमा नै पहिलो भएको दावी आयोजक संघले गरेको छ ।


    असोज  ९ गतेसम्म चल्ने प्रतियोगिताको बिहिबार दिउँसो साढे १२ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने आयोजकले जनाए  । यो प्रतियोगिताको लागि तेक्वान्दो महासंघको छाता संस्था वल्ड तेक्वान्दोका अध्यक्ष डा. चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडेरेशनका अध्यक्ष प्रोफेसर लिक्यू सिोओक लगायतको विशिष्ट टोली पोखरामा आउने तय भएको आयोजकले जनाए ।


    प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, माछापुच्छ«े बैंक लिमिटेड, हिमालयन एभरेष्ट इन्सोेरेन्स लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल एसविआई बैंक लि., इन्टरनेशनल नेप्लिज तेक्वान्दो एसोसियसन, कर्माचार्य फुड्स एण्ड बेकर्स प्राली, नेपाल पर्यटन वोर्ड, पोखरा पर्यटन परिषद, वुद्ध इएर, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, हिमालयन अफिस अटोमेसन, भायनेट, नेपाल भूतपूर्व खेलाडी मञ्च लगायतको सहयोग गरेका छन् । 


    यसअघि दुई पटक सफलता पूर्वक काठमाडांैमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो । प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।