Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा आयोजित दुईदिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सम्पन्न

पोखरामा आयोजित दुईदिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सम्पन्न

images
  • पोखरामा आयोजित दुईदिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सम्पन्न
    images
    images

    राजेश पराजुली, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनामा पोखरामा आयोजित दुईदिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ ।

    तालिमको समापन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट अभाव हुन नदिने पुनः दोहो¥याए । लामो समयपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल पार्ने दायित्व सबै गण्डकी प्रदेशबासीको हुने उनको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्चले प्रतियोगितालाई लक्षित गरेर पत्रकारिता तालिम आयोजना गरेकोमा उनले खुशी व्यक्त गरे । मञ्चले गर्ने विभिन्न कार्यक्रममा प्रदेश सरकारको सहयोग रहदै आएको तथा आगामी दिनमा समेत निरन्तर सहयोग रहने उनले बताए ।


    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल खेलकुद पत्रकार मञ्चका सचिव अञ्जन खड्का, प्रशिक्षार्थीहरु कमल पौडेल अथक, प्रतिक्षा काफ्ले र हरि खरेल, मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ तथा महासचिव राजाराम पौडेलले बोलेका थिए ।


    गण्डकी प्रदेशका खेल क्षेत्रमा रुचि राख्ने पत्रकारको लागि आयोजना गरिएको तलिममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यरत ८० भन्दा बढी पत्रकारको सहभागीता रहेको महासचिव राजाराम पौडेलले जनाए ।


    तालिमको दोस्रो दिनमा दुर्गानाथ सुवेदी देवेन्द्र, सुवास खड्का, कृष्ण तिमिल्सिना, मेजर लक्ष्मीप्रसाद गुरुङ, राजन सुब्बा, राजेन्द्र तामाङ, राजन नेपाली, जगत धौली, रामबहादुर क्षेत्री, आनन्द कुँवर, भीम पराजुली, चित्रबहादुर थापा, गज बहादुर गुरुङ, चिन बहादुर थापा, जगन वि.क., आकाशचन्द्र घर्ती मगर, शिव पुन लगायतका प्रशिक्षकले प्रशिक्षण दिए ।


    यसअघि तालिमको पहिलो दिनमा कुल १३ जना प्रशिक्षकले प्रशिक्षण दिएका थिए । यसरी प्रशिक्षण प्रदान गर्नेमा योगेन्द्र शेरचन, पुनम गुरुङ, बिशाल कुँवर, सन्दिप बराल, मोहन गुरुङ, गोपाल श्रेष्ठ, रिजन प्रजु, राजन बडगामी, रामकृष्ण ज्ञवाली, राम गुरुङ, निरज थापा, प्रियंका बर्मा र योगेश भट्टराई थिए ।


    दुवै दिनको प्रशिक्षण प्रश्चात खेल क्षेत्रमा कलम चलाउन नयाँ जोश थपेको सहभागीको प्रतिक्रिया थियो । तालिममा सिकेका कुरालाई व्यवहारमा परिणत गर्ने प्रतिवद्धता उनीहरुले गरें ।राष्ट्रिख खेलकुद परिषदको आयोजना भएको तालिमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको थियो । यसैगरी कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश, पोखराहानगरपालिका, मादि गाउँपालिका, रुपा गाउँपालिका, अन्न्पूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका,  केटिएम सिटी, वरपिपल रिर्सोट लगायतको सहयोग तालिममा रहेको थियो ।


    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । ३९ वर्षपछि गण्डकी प्रदेशमा हुन लागेको सोही प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरुको समाचार लेखनमा सहज पु¥याउने उद्धेश्यले तालिम आयोजना भएको तालिम संयोजक समेत रहेका नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए । मञ्चले आगामी दिनमा पनि पत्रकारको दक्षता अभिवृद्धि गर्नको लागि तालिम आयोजना गर्ने बरालले जनाए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।