रमेश बहादुर सिंह, बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले नयाँ (जेसिवी) डोजर खरिद गरेको छ । नगरपालिका भित्रका क्षेत्रमा एघारै वटा वडाको विकास निर्माण तथा सडकमा काम गर्न सहज होस भन्नका लागि डोजर खरिद गरेर नगरपालिका पुगाइएको मेयर चेतराज बजालले जनाएका छन् ।
मेसिन खरिद पछि अव नगरपालिका एघारै वटा वडा भित्रका अवरुद्ध सडक खुलाउन तथा नयाँ सडक निर्माणका लागि सजिलो हुने जयपृथ्वी नगरपालिकाका कार्यालय प्रमुख अम्मरराज जोशीले बताए ।
जोशीकाअनुसार अव केही दिनमा वर्षाका कारण अवरुद्ध बनेका नगरपालिका भित्रका सम्पूर्ण सडक खुलाउनको लागि मेसिनले काम सुरु गरेर अवरोध भएको सडक खुलाउने काम हुने छ ।
नगरपालिकाले गत साउनमा कार्यपालिकाको बैठकबाट डोजर किन्ने निर्णय गरेपछि तुरुन्तै कार्यान्वयनमा ल्याएर खरिद गरिएको नगरपालिका नगर प्रमुख चेजराज बजाल ले जनाएका छन ।
यस भन्दा अगाडि नगरपालिकाको आफ्नै मेसिन नहुँदा अवरुद्ध भयका सडक खुलाउन अन्य व्यक्तिका वा ठेकेदार बाट मेसिन भनेको समयमा आफुले नपाउँदा अवरोध भएको सडक खुलाउन ढिलाइ हुने गरेको थियो । अब हामिले आपनो मेसिन खरिद गरिसकेपछि अवरोध भएको सडक खुलाउन भनेको समयमा नै सहज हुने बताएका छन्।
यस्तै, नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालनको लागि पनि प्रक्रिया छिटै अगाडि बढाइने भयको छ । कृषि एम्बुलेन्स सञ्चालनको गर्न सके नगरपालिका भित्र रहेका कृषकहरूका कृषि उपजहरू बजार सम्म सहजै विना शुल्क पुगाउन सकिने र त्यसले गर्दा कृषि उपजहरूको बजारीकरण गर्न सघाउ पुग्ने नगर प्रमुख वजालको भनाई छ यो सेवाले कूषकले गाउँ घरमा उत्पादन गरेको सम्पुर्ण किसिमका फलफूल तरकारी लगायतका अन्य सामानहरु सहजै बजार ल्याएर कूषकले आम्दानी बढाउन सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology