Logo

२०८३, आश्विन १२गते


images
images

गाउँमा सारीपछि भँगेरी चरी देखिन छाडे, चिल पनि पलायन 

गाउँमा सारीपछि भँगेरी चरी देखिन छाडे, चिल पनि पलायन 

images
  • सेतोमसी सहकर्मी
  • गाउँमा सारीपछि भँगेरी चरी देखिन छाडे, चिल पनि पलायन 
    images
    images

    कृष्ण अन्जान, थाेर्गा । आँगनमा बिस्कुन सुकाउँदा भुरुर्र उडेर खान आउने कतिपय चरा चुरुँगीहरु गाउँबाट लाेप हुन थालेकाे आभाष हुँदैछ । रुरुक्षेत्रकाे थाेर्गा गाउँमा सारी लाेप भएकाे या बसाई सरेकाे समाचार सेताेेमसी डटकममा प्रकाशित भएपछि खाेजकाे विषय मात्रै हाेईन नयाँ विषय पनि बन्याे ।
    तर कहिल्यै नफर्कने गरि सारी चराेले गाउँ छाडेको करिब पाँच सात वर्ष भएकाे छ ।

    images
    images
    images

     यहि चरा चुरुँङ्गी पलायनकाे पछिल्लो श्रृङखलामा आँगनमा चिरबिर गर्ने भँगेरी चरि पनि थाेर्गा गाउँमा देख्न छाडिएकाे छ । "गाउँमा पाईने चरा चुरुँङ्गी, जीव जन्तु केके छन भन्ने कुरा ख्याल गरिँदाे रहेनछ मिडियामा आएपछि ख्याल भयाे यतिबेला त भँगेरी चरी पनि गाउँमा देख्न छाडियाे" रुरुक्षेत्र गाउँपालिका वडा न ३ का कृष्णराज ज्ञवालीले भने ।

    images
    images
    images

    कुनै समय थियाे भँगेरी चरिकाे चिरबिर प्रशस्त थियाे । यहि चरीलाई समेटेर गाउँमा भँगेरी चरी तिजका गित पनि बनेका थिए । तर काल खण्डमा यहि भँगेरी चरी गाउँबाट हराएकाे छ ।

    images
    images
    images

    झुन्डमा हिँड्ने भँगेरी चरीकाे खान्की आगनमा सुकाउने बिस्कुन हाे । तर गाउँमा न मान्छे छन न घरका आँगनमा बिस्कुन सुक्छन । आहाराकाे स्राेत नभएपछि चराचुरुँगी पलायन हुनु स्वाभाविकै थोर्काका एक जेष्ठ नागरिकले  तर्क गरे ।

    हुनपनि गाउँघर रित्तिँदै जाँदा ताेरी, काेदाे, गहुँ जस्ता रैथाने बालि पनि गाउँमा उब्जनी हुँदैन । सबैका आँगनमा मान्छे नभएपछि लेउ लागेकाे छ । बिस्कुन नसुकेपछि भँगेरी चरीले गाउँ छाडेकाे अनुमान सजिलै लगाउन सकिन्छ ।

    भँगेरी चरीकाे पलायन पछि चिल पनि पलायनको लाईनमा छ । गाउँघर तिर चिल देख्न पनि पाईन छाडेकाे छ । 

    गाउँबाट मान्छेहरु शहर पस्न थालेपछि गाउँ जंगलमा परिणत भएकाे छ । तर यहि जँगलमा पुराना चराचुरुँगी र जीवहरुकाे पलायन तिब्र छ ।

    बस्ती खाली हुँदै गर्दा त्यसकाे प्रत्यक्ष असर मान्छेहरुसँग झिम्मिएका चराचुरुँङ्गीमा पर्छ भन्ने उदाहरण सारी, भँगेरी र चिलकाे पलायनले देखाएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।