काठमाडौं । नेपाली कांग्रेसको झगडा यतिबेला सडकसम्म आईपुगेर छताछुल्ल भएकाे छ ।
केन्द्रीय कार्यालय सानेपामा आज संस्थापनइतर समूहले धर्ना दिइरहेको छ ।
पार्टीभित्र न्याय र समान अवसरका निम्ति भन्दै शेखर कोइराला र महामन्त्री गगन थापा समूहले धर्ना दिइरहेको हो । यही समूहले केही दिनअघि बानेश्वरमा खबरदारी सभा गरेको थियो ।
टिकट वितरण तथा पार्टीमा अवसर नदिइ सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै इतर समूह स्वतन्त्र उम्मेदवारी दिनेसहितको गृहकार्यमा लागेको छ ।
धर्नामा देखिएका अनुहारमा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीशनरसिंह केसी, युवा नेता गुरु घिमिरे, नेविसंघ पूर्वअध्यक्ष महेन्द्र शर्मा, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाही, गाउँपालिका महासंघका महासचिव वंशलाल मोक्तान, युवा नेता युवराज भट्टराई, मेदिनी सिटौला, लेखनाथ पोखरेललगायत उपस्थित छन् ।
धर्नामा कोइराला, उपभसभापति धनराज गुरुङ, महामन्त्री थापासहित सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियारलगायतका पदाधिकारी तथा प्रभावशाली केही नेता भने सहभागी छैनन् ।
मंगलवार मात्र नेपाली काँग्रेसकाे अनुशासन विभागले सँस्थापन इतरपक्षकाे गतिविधिमा निगरानी गर्ने जनाईएकाे थियाे तर शेखर पक्षले भने गतिविधि जारी रहेकाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology