Logo

२०८३, आश्विन १२गते


images
images

नवलपुर क्षेत्रकाे सबैभन्दा पुरानाे शक्तिपिठ कालिका मन्दिरमा देविभागवत महापुराण आयाेजना 

नवलपुर क्षेत्रकाे सबैभन्दा पुरानाे शक्तिपिठ कालिका मन्दिरमा देविभागवत महापुराण आयाेजना 

images
  • सेतोमसी सहकर्मी
  • नवलपुर क्षेत्रकाे सबैभन्दा पुरानाे शक्तिपिठ कालिका मन्दिरमा देविभागवत महापुराण आयाेजना 
    images
    images

    कृष्ण अन्जान ,गैडाकाेट । नवलपुर क्षेत्रकै सबैभन्दा पुरानाे शक्तिपिठ कालिका मन्दिर कालिका आश्रम गैँडाकाेट वडा न ८ मा विजयादशमीकाे अवसर पारेर श्रीमद्भदेवीभागवत महापुराणकाे अनुष्ठान आयाेजना गरिएकाे छ ।

    images
    images
    images


    पुर्वमा देवघाट धाम ,पश्चिममा गजेन्द्रमाेक्षधाम र कैलाश सन्यास आश्रम ,दक्षिणीमा पुष्पलिला नारायणी नदि र उत्तरमा शालग्रामगर्भा कृष्ण गण्डकी र मौला कालिका जस्ता धार्मिक स्थल हरुकाे माझमा रहेकाे गैँडाकाेट ८ काे कालिका मन्दिर र कालिका आश्रम मन्दिर परिसरमा असौज १० गते देखि नवाहा श्रीमद्भादेविभागवत जारी रहेकाे र दसेँकाे अघिल्लाे दिन समापन हुने कालिका मन्दिर र कालिका आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धन प्रसाद सापकोटाले जानकारी दिए । 1664438454381.jpg

    images
    images
    images


    मन्दिर परिशरमा निर्माणाधिन कालिका मन्दिरकाे निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यले श्रीमद्भदेविभागवत महापुराण आयाेजना गरिएकाे हाे ।

    images
    images
    images


    डाक्टर नारायण प्रसाद गौतम प्रमुख वाचक र युवा पण्डित रविन्द्र चापागाईँ उप वाचक रहेकाे महापुराण विहान साढे छ बजेदेखि सात बजे सम्म पुजा अर्चना ,विहान ८ बजेदेखि १२ बजेसम्म युवा पण्डित रविन्द्र चापागाईँ बाट पाठपरायण ,दिउसाे १२ बजे देखि १ बजे सम्म आरती ,पुष्पान्जलि सँगितमय भजन सँकिर्तन,दिउसाे १ बजे देखि साढेतिन बजे सम्म डाक्टर नारायण प्रसाद गौतमबाट सँगितमय कथावाचन र साढे तीन चारबजे सम्म आरती पुष्पान्जली सँगै प्रसाद वितरणकाे कार्यक्रम लागि तय गरिएकाे छ।
    असौज १० गते  शाेभा यात्रा सँगै देविस्थापना गरि शुरु गरिएकाे श्रीमद्भदेविभागवतकै बिचमा पर्ने  १६ गते  फुलपाती भित्र्याउने ,१७ गते सत्सँग कार्यक्रम ,१७ गते महाअष्टमी कालरात्रि पुजा र जागरण कार्यक्रम ,१८महानवमी कन्यापूजन र हवन ,१९ गते विजयादशमीकाे टीका ग्रहणकाे कार्यक्रम रहेको छ ।


    गैँडाकाेट नगरपालिका वडा न ८ मा रहेकाे चौध राेपनि क्षेत्रफलमा फैलिएकाे याे मन्दिर परिशरमा करिब दुई कराेडकाे लागतमा विशाल मन्दिर बनी रहेकाे छ ।
    पगाेडा शैलिमा बन्दै गरेकाे याे मन्दिर मा १३ सय क्विविक फिट काठ र सत्ताईस सय केजि तामा प्रयाेग गरि निर्माण कार्य भईरहेकाे छ ।


    मन्दिर परिशरमा अष्टाेत्तर शिवलिँग स्थापित गरिएकाे छ ।
    स्थानीय जेष्ठ नागरिक हरुलाई लक्षित गरि दैनिक नियमित ज्येष्ठ नागरिक  दिवा सेवा केन्द्र स्थापनाकाे  तयारी भईरहेकाे मन्दिर व्यवस्थापन समितिका काेषाध्यक्ष पिताम्वर सापकोटाले बताए ।


    २०३१मा बनदेविकाे पुजा गरेपछि २०३२ सालमा कालिका मन्दिरकाे स्थापना हालकाे कालिका नमुना माध्यमिक विध्यालय रहेको स्थानमा गरिएकाे हाे । र २०३५ सालमा मन्दिरलाई विध्यालयबाट अहिलेकाे स्थानमा सारिएकाे गैँडाकाेटका पुराना व्यक्तित्व कुलानन्द वनले ईतिहास बताए ।


    गैँडाकाेटकाे याे क्षेत्रलाई धार्मिक स्थलकाे रुपमा विकास गर्दै धार्मिक पर्यटन प्रबर्द्धन गर्ने गरि कालिका मन्दिर कालिका आश्रम व्यवस्थापन समिति जुटेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।