बुटवल । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन रुपन्देहीको अधिबेशनले समिर भण्डारीको नेतृत्वमा २१ सदस्यीय कार्य समिती चयन गरेको छ ।
संगठनका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुमन थापाको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज हकि कुल्ला खाको प्रमुख आतिथ्यतामा बिहीवार बुटवलमा भएको अधिबेशनले संगठन को उपाध्यक्षमा अमीर राइ र जंग बहादुर सुनार, सचीवमा कृष्ण आचार्य , सह सचिवमा प्रतिभा पौडेल र कोषाअध्यक्षमा राज बहादुर केसी चयन गरेको छ ।
त्यसैगरि सदस्यहरुमा कृष्ण सुनार, सबिता शर्मा , प्रकाश पन्थी , चन्द्रिका पन्थी , अनिल बिक, दिपक पोख्रेल , विजय चौधरी , मन्जु थापा , गिता पुरि , झलक कुमारी अधिकारी रहनु भएको छ । त्यसैगरि सल्लाहकारमा खेमराज भुसाल , प्रमोद ज्ञवालि, काशी राम बन्जाडे दिपक ज्ञवाली र पुतला खनाल रहनु भएको छ ।
कार्यक्रममा पार्टीको जिल्ला संयोजक नारायण जिसि, प्रदेश सदस्य तथा फ्याक्सन इन्चार्ज पुस्पराज ढकाल, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनका केन्द्रीय उपाध्यक्ष ज्ञानप्रसाद पौडेल, जनस्वास्थ कर्मचारी संघका महासचिव सोमनाथ शर्मा , नेपाल जनस्वास्थ संघका केन्द्रिय उपाध्यक्ष बिनोद कुमार ज्ञवाली, राष्ट्रिय कर्मचारी महासंघका प्रमोद ज्ञवाली संगठनका केन्द्रीय सचीव बिजय आचार्य, संगठनका प्रदेश उपाध्यक्ष विवि सोनाम, कृष्ण आचार्य लगायतले पेशाकर्मिको हकहित कर्मचारीको संरक्षक, सरकारबाट प्रोत्साहन दिन जरुरी रहेको बताएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology