Logo

२०८३, आश्विन १२गते


images
images

'मौलिक तथा राष्ट्रिय पर्वहरू वैज्ञानिक मान्यताको आधारमा सुरुवात'

'मौलिक तथा राष्ट्रिय पर्वहरू वैज्ञानिक मान्यताको आधारमा सुरुवात'

images
  • 'मौलिक तथा राष्ट्रिय पर्वहरू वैज्ञानिक मान्यताको आधारमा सुरुवात'
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई पुर्नताजकी गर्नका लागि विभिन्न प्रकारका मौलिकतामा आधारित सामाजिक परम्परा र मान्यताहरू स्थापित भएका बताएका छन् । नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा महानगरद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सभ्यताले समृद्ध नेपाली समाजलाई थप ऊर्जावान् बनाउन यस्ता प्रकारका पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

    images
    images
    images

    मौलिक तथा राष्ट्रिय पर्वहरूको सन्दर्भमा नेपालका पुर्खाहरूले संसार मै सामाजिक उत्कृष्टताको आधारमा वैज्ञानिक मान्यताको सुरुवात गरेको उनकाे भनाई छ । 

    images
    images
    images

    “नेपालीहरू सभ्यताका हिसाबले अत्यन्त समृद्ध इतिहास बोकेका नागरिकहरू हौँ, उनले भने, समाजलाई सभ्य र भव्य हिसाबले अगाडी बढाउनका लागि हाम्रा पुर्खाहरूले विभिन्न खालका प्रोग्रामहरू डिजाइन गरेका छन्, जब आफूमा भएको शक्ति कमजोर हुँदै जान्छ, तब त्यसलाई रिचार्ज गर्नका लागि यस्ता प्रकार मौलिक मान्यताहरूको परिकल्पना गरिएको पाइन्छ ।” समाजलाई पुर्नताजकी गर्ने उद्देश्यका साथ स्थापित यी मान्यताहरू सामाजिक सचेतताका हिसाबले वैज्ञानिक भएको प्रमुख आचार्यले बताए ।

    images
    images
    images

    बिम्बका हिसाबले पनि असत्य माथि सत्यको विजय हुने मान्यता बोकेका नेपाली पर्वहरूले नेपाली समाजलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे । “समाज आजकल सचेत भएको छ, हामी सचेत नागरिक पनि हौँ, प्रमुख आचार्यले भने, कुनै इस्युमा छलफल गर्दा फरक मत भए पनि समग्रमा देश तथा महानगर बनाउने विषयमा एकाकार हुन यस्ता प्रकारका पर्वहरूले विशेष महत्त्व राख्दछन् ।” सामाजिक सचेतनाका कारण थुपै विभाजनहरूबाट समाज जोगिएर अगाडी बढेको र मुलुकको समृद्धिका लागि सदैव समर्पित हुने गरेको उनले बताए ।

    चाडबाडका बेलामा पर्ने कुनै पनि प्रकारको अप्ठ्याराहरूको समाधानका लागि ११८१ नं.को हटलाइन मार्फत नगरवासीहरूको सेवामा महानगरका हरेक संयन्त्रहरू परिचालन गरिने उनले विश्वास दिलाए । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन आएका खेलाडीहरूलाई न्यानो आतिथ्य प्रदान गर्न पनि उनले आग्रह गरे । आगामी २५ गते मेगा फेवाताल सरसफाइ कार्यक्रम गरिने उनले जानकारी दिए । 

    फेवातालका ३३ वटा विभिन्न पोइन्टहरुबाट वडा अध्यक्षहरूको नेतृत्वमा वृहद सरसफाइ अभियान गरेर पहिलो पटक फेवातालको उद्धार गर्न लागिएको उनले बताए ।कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका भौतिक भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र अर्थ मन्त्री, रामजी प्रसाद बराल (जीवन) लगायत जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुख र जिल्ला स्थित कार्यालयका प्रमुखहरूको विशेष उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्वहरू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।