राजेश पराजुली, पोखरा । क्षत्री समाज नेपाल प्रारम्भिक कार्यसमिति पोखरा–१६ ले बडा दशैंको उपलक्ष्यमा वडा नम्बर १६ भित्र रहेका त्रिदेवी शक्तिपीठ मन्दिर चण्डिका माता, अम्विका माता र कालिका माताको कलश सहितको शोभा यात्रा गरी तीन दिन आरती गर्ने भएको छ ।
क्षत्री समाज पोखरा–१६ का अध्यक्ष सन्दिप थापाको अध्यक्षयतामा भएको कार्यक्रममा उनले आज पत्रकार सम्मेलनमा बोल्दै क्षत्री समाज नेपाल प्रारम्भिक कमिटि पोखराले त्रिदेवी माताको महिमाका वारेमा जानकारी गराउँदै धार्मिक सहिष्णुता कायम राख्न र भातृत्वभावको विकास गर्ने उद्देश्यले कलश यात्रा र तीन दिन साँझ पख आरती गर्ने तयारी भएको बताए ।
पोखरा–१६ बाटुलेचौरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्न वाजा गाजा सहित कलशयात्रा गरिने क्षत्री समाज नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष वेनी बहादुर बस्नेतले त्रिदेवी शक्तिपीठको महिमाका वारेमा १६ नम्वर वासीले मात्र नभएर आम नेपालीलाई बुझाउनुपर्ने बताए ।
फूलपातीका दिन विहान १६ गते ६ः३० बजे कलश यात्रा आरम्भ गरी चण्डिका मन्दिर चण्डिकाटोल, वडहरबोट अम्विका मन्दिर हुँदै कालिका मन्दिरमा कलश यात्रा टुङ्ग्याई शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिने छ । सोही दिन साँझमा आरती गरिनेछ । भने महाअष्टमीका दिन १७ गते बेलुका ६ बजे देखि ७ बजे सम्म र १८ गते महानवमीको दिन साँझ ६ बजेदेखि ७ बजेसम्म आरती गरिने भएको छ ।कार्यक्रम क्षत्री समाज पोखरा–१६ का सचिव राजेन्द्र थापाले संचालन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology