Logo

२०८३, आश्विन १०गते


images
images

'पोलिटिकल साइन्स सोसाइटी'को तनहॅु शाखा गठन

'पोलिटिकल साइन्स सोसाइटी'को तनहॅु शाखा गठन

images
  • 'पोलिटिकल साइन्स सोसाइटी'को तनहॅु शाखा गठन
    images
    images

    राजेश पराजुली, तनहॅु । आइतबार पोलिटिकल साईन्स सोसाइटी नेपालको तनहॅु शाखा गठन भएको छ । भिमाद ९ को पाथर्दी सामुदायिक होमस्टेमा भएको कार्यक्रमबाट हरिप्रसाद बाग्लेको अध्यक्षतामा १५ सदस्यीय तनहॅु शाखा तदर्थ समिति गठन भएको हो ।

    images
    images
    images

    पोलिटिकल साइन्स सोसाइटी नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न भएको तनहॅु जिल्ला शाखाको प्रथम अधिवेशन तथा बिस्तारित बैठकको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा “ राजनैतिक संस्कृतिको क्षयीकरणः लोकतन्त्रको चुनौति” बिषयमा पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र बिभागका सहप्राध्यापक भिमनाथ बरालले परिसंबाद प्रस्तुत गरे ।

    images
    images
    images

    बर्तमान राजनैतिक दलहरु भित्रै लोकतान्त्रिक अभ्यास नहुनु, नातावाद, कृपावाद, उपभोगिताबादी प्रवृतिको हावि, मुल्यविहिन राजनीति, गणेश संस्कृति लगायतका संस्कृतिले लोकतन्त्र संस्थागत गर्न चुनौती दिंदै गैरहेको कुराको उजागर सह प्राध्यापक बरालले गरे । 

    images
    images
    images

    निर्वाचनअघि गठबन्धन संस्कृति लोकतन्त्रको लागि प्रत्युत्पादक हुने उनको भनाइ छ ।

    सोसाइटीका अध्यक्ष सुभाष ढॅुगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कास्कीका सहायक प्रमूख जिल्ला अधिकारी अनिल कुमार शाही, सोसाइटीका उपाध्यक्ष फरेन्द्र थापामगर, सचिव मिलन आले लगायतले बोलेका थिए ।

    अब निकट भविष्यमै बाग्लॅुगमा पनि सोसाइटीको शाखा बिस्तार हुने सोसाइटीका अध्यक्ष सुभाष ढॅुगानाले प्रतिबद्दता गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।