राजेश पराजुली, पोखरा । सत्ता गठबन्धनबीच प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमति कायम भएको छ । सहमतीमा गण्डकी प्रदेशमा नेपाली काँग्रेसले प्रतिनिधीसभामा १० र प्रदेशसभामा २३ निर्वाचन क्षेत्र प्राप्त गरेको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले प्रतिनिधीसभामा ६ र प्रदेशसभामा ११ निर्वाचन क्षेत्र प्राप्त गरेको छ ।
एकिकृत समाजवादीले प्रतिनिधीसभामा १ र प्रदेशसभाका २ वटा निर्वाचन क्षेत्र प्राप्त गरेको छ भने राष्ट्रिय जनमोर्चाले प्रदेशभरीमा प्रतिनिधीसभाको एउटा निर्वाचन क्षेत्र प्राप्त गरेको छ ।
सहमतीमा देशभरमा जसपालाई छुट्टयाइएको क्षेत्र खाली राखिएको छ भने केही सिटमा लोसपालाई दिने तयारी गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology