Logo

२०८३, आश्विन ९गते


images
images

गुल्मी लुम्छाको 'मुखै रसाउने जलेबीकाे मेला' 

गुल्मी लुम्छाको 'मुखै रसाउने जलेबीकाे मेला' 

images
  • सेतोमसी सहकर्मी
  • गुल्मी लुम्छाको 'मुखै रसाउने जलेबीकाे मेला' 
    images
    images

    कृष्ण अन्जान, गुल्मी ​। छत्रकाेट ३ लुम्छाका कृष्ण पन्तलाई विहानै देखि फुर्सद छैन । दसैकाे पुर्णिामा त्यसै पनि चाेएगामा 'राम' (मेला)  लाग्छ ।

    images
    images
    images

    लुम्छाकाे बाटाे भएर राम हेर्न, देविकाे दर्शन गर्न जानेकाे लामै ताँति छ । र, यहि ताँतीमा टेन्ट टाँगेर बनाईएकाे पसलमा आउँछन र जलेबि  देखेर त्यतै लाेभिन्छन । किनेर मिठाे मानेर खान्छन । घरका लागि पाहुर लैजान्छन ।

    images
    images
    images

    चाेएगाकाे राम हेर्न आएका तन्नेरी तरुनीहरुकाे राेजाई पनि तात्ताताे जलेबि बन्छ  ।  बालबालिका अधवैसे, बुढा बुढि सबैले  जलेबि खाएर मुख मिठाएकाे भेटिन्छन ।

    images
    images
    images

    "जातिविद्दि मिठा जुल्पि पकाउँछन बाए यहाँ त घरकाले मन पार्छन् किनेर लान लागेँ मैले त" बाँसखर्ककि काेपिला कँडेलले  आधाकिलाे जुल्पि किनेर पानिकागजकाे झाेलामा राख्दै भनिन ।

    हुनपनि ताता जलेबिकाे स्वादले आनन्द दिन्छ र यसैपनि जलेबि नमिठाे कस्ले मान्ला र ?

    गुल्मीको लुम्छा बजारमा कृष्ण पन्तले हाेटल व्यवसाय शुरु गरेकाे सात वर्ष बित्दै छ तर जलेबि भने बर्षकाे दुईपटक मज्जाले पाक्छ ।
    तिजकाे पन्चमी र दसैँकाे पुर्णिमा लुम्छामा जलेबि पाक्ने दुई दिन हुन किनकि यी दुई दिन याे क्षेत्रमा थामिनसक्नुकाे मेला लाग्छ ।

    दिनभरिमा डेढ क्विन्टल जलेबि पकाएर बेचिन्छ पन्तले भने ।उनले किलाकाे चारसयका दरले जलेबि बेचेको बताउँछन ।

    वरिपरिका गाउँकाले त हारालुछि गरेर किनेर लान्छन ,उता अर्घाखाँचि तिरबाट आउने हरुले पनि पाहुर भनेर लान्छन राम्रै बिक्छ वर्षका यी दुई तीन दिन त उनी भन्छन ।

    त्यसाे त लुम्छा बजार यि दिनमा जलेबि पकाउने अरु पसल हरुपनि छन र सबै पसलहरुमा जलेबिका पारखी हरुकाे उत्तिकै भिड देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।