देवदह । देवदह नगरपालिकाले नदिजन्य पदार्थको अबैध उत्खननमा कडाई गरेको छ । नगर प्रमुख धुर्ब प्रसाद खरेलको निर्देशनमा प्रहरी चौकी देवदहले चोरी निकासीमा संलग्न ट्र्याक्टर र जेसीवी नियन्त्रणमा लिएको हो ।
केही दिनअघि र सोमबार गरि नगरपालिकाको वडा नं. ८ टटेरा क्षेत्रमा अबैध उत्खनन गरिरहेका ५ वटा ट्रयाक्टर र एउटा जेसीवी प्रहरीले नियन्त्रणमा लिईएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
नगर प्रमुखका स्वकिय अर्जुन गैरेका अनुसार केही दिनको अन्तरालमा लु ४ त ३८५०, लु ४ त ७५९०, लु ३ त ८०३९, लु ५ त ८८५ र एउटा विना नम्बरको प्रहरीले जेसीवी नियन्त्रणमा लिईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology