एजेन्सी । उत्तरी टर्कीको बार्टिन प्रान्तको एक कोइला खानीमा विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । दर्जनौं खानीमा फसेका छन् ।
विस्फोट शुक्रवार भएको थियो । उक्त समयमा खानीभित्र करिब ११० जना मजदुर थिए, जसमध्ये झन्डै आधा मजदुर ३०० मिटरभन्दा गहिराइमा रहेका थिए ।
टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले ११ जनालाई उद्धार गरिएको र उनीहरुको उपचार भइरहेको बताए ।
आपतकालिन उद्धारकर्ताहरुले रातभर उद्धार गर्दै चट्टान खनेर खानीभित्र फसेकाहरु सम्म पुग्न प्रयास गरेका थिए ।
खानीमा फसेकाका परिवार र साथीहरू पनि खानीमा उपस्थित भएका थिए । उनिहरुले उत्सुकतापूर्वक आफ्ना प्रियजनहरूको खबरको पर्खाइ गरिरहेका थिए ।विस्फोट करिब ३०० मिटर गहिराइमा भएको अनुमान गरिएको छ ।
त्यहाँ ती व्यक्तिहरू छन् जसलाई हामीले त्यो क्षेत्रबाट बाहिर निकाल्न सकेनौं टर्कीका आन्तरिक मन्त्री सुलेमान सोयलुले घटनास्थल बाट पत्रकारहरूलाई जानकारी दिए ।
विष्फोटको कारण भने अझै खुल्न सकेको छैन । टर्कीका ऊर्जा मन्त्रीले कोइला खानीमा मिथेनले विस्फोटक मिश्रण बनाउने फायरडेम्पका कारण विस्फोट भएको प्रारम्भिक सङ्केतहरू रहेको बताएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology