Logo

२०८३, आश्विन ९गते


images
images

फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण पदक सहित गण्डकी प्रदेश टिम च्याम्पियन

फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण पदक सहित गण्डकी प्रदेश टिम च्याम्पियन

images
  • फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण पदक सहित गण्डकी प्रदेश टिम च्याम्पियन
    images
    images

    राजेश पराजुली, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले ४ स्वर्ण पदक सहित टिम च्याम्पियन भएको छ । शनिबार र आइतबार भएको खेलमा गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै ४ स्वर्ण पदक सहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले बताए । 

    images
    images
    images

    आइतबार भएको महिला ४० केजी मुनि तौल समुहमा भएको प्रतिष्प्रर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन्। 

    images
    images
    images

    उनले सुदुर पश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिइन्। 

    images
    images
    images

    यस अघि शनिबारको बेलुका अवेर भएको खेलमा भने नेपाल आर्मी र गण्डकीले समान तीन÷तीन स्वर्ण पदक जितेका थिए । कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा एक स्वर्ण जितेको हो । 

    त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०—६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । 

    खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए । 

    पुरुषतर्फकै ६०—६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । भुजेलले रजत पदक जिते । पुरुष तर्फकै ५५—६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् । 

    पुरुषतर्फकै ५०—५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए । 

    यसैगरी ४५—५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने वागमतीका राइले रजतमा चित्त बुझाए । 

    ४०—४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् । पुरुषतर्फको ३५—४० तौल समूहमा गण्डकीका अभिसेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए । 

    महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले वागतमी प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् । ५०—५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् । 

    ४५—५० केजी तौल समूहमा वागमती प्रदेशकी नविना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदक जितिन् । 

    ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् । 

    पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिष्पर्धा खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रिय स्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।