Logo

२०८३, आश्विन ९गते


images
images

केएमसीमा ट्युमरको अप्रेसन गर्दा बिरामीको मृत्यु, आफन्त आक्रोशित

केएमसीमा ट्युमरको अप्रेसन गर्दा बिरामीको मृत्यु, आफन्त आक्रोशित

images
  • केएमसीमा ट्युमरको अप्रेसन गर्दा बिरामीको मृत्यु, आफन्त आक्रोशित
    images
    images

    काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालका चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका छन् । एक साताअघि अस्पताल भर्ना गरिएका काठमाडौं महानगरपालिका ९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरलाई आइतबार साँझ मृत घोषणा गरिएको थियो ।

    images
    images
    images

    चिकित्सकले ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेका कारण बुबाको मृत्यु भएको छोरा प्रगेशले बताए । उनका अनुसार बेहोस भएपछि शैलेन्द्रलाई  अस्पताल भर्ना गरिएको थियो । 

    images
    images
    images

    इमर्जेन्सीमा राखिएका बिरामीलाई दुई घण्टापछि चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्छ भन्दै सारेको प्रगेशले जानकारी दिए ।

    images
    images
    images

    ‘इमर्जेन्सीमा दुई घण्टाभन्दा बढी राख्न सकिँदैन अब आईसीयूमा सार्नुपर्छ भनेपछि हामीले मान्नुको विकल्प थिएन’, बुबाको अवस्था सामान्य बन्दै गए पनि आईसीयूमा सारिएको गुनासो गर्दै उनले भने । 

    पछि सीटी स्क्यान गर्दा टाउकोमा ट्युमर देखिएको चिकित्सकले रिपोर्ट देखाएको आफन्तको भनाइ छ ।

    ‘अब अप्रेसन गर्नुपर्छ । २ लाख रुपैयाँ लाग्ने अप्रेसन तपाईंलाई ८० हजारमै गरिदिन्छौं । ट्युमरको अप्रेसन भएका अरु बिरामी देखाएर सजिलोसँग हुने आश्वासन भएपछि हामी तयार भएका थियौं' प्रगेसले भने ।

    उनका अनुसार असोज २४ गते अप्रेसन सुरु गरिए पनि केही समयमै चिकित्सकले बिरामीलाई न्युरो लैजानुपर्ने बताएका थिए । नसा चुँडिएका कारण तत्कालै न्युरो लैजानुपर्ने चिकित्सकले बताएको आफन्तको दाबी छ ।

    ‘तर, त्यतिवेला बुवाको शरीर निकै चिसो भइसकेको रहेछ । हामीलाई जानकारी गराएर न्युरो लगियो । न्युरोले तत्कालै ८ लाख रुपैयाँ डिपोजिट गर्नुपर्ने बतायो । 

    ज्यानै जान सक्ने अवस्था भएकाले हामी पैसा जम्मा गर्न बाध्य भयौं । 

    करिब दुई घण्टा लगाएर नसा टालिएपछि केएमसीमा ल्याएर भेन्टिलेटरमा राखिएको थियो । शनिबार साँझसम्म पनि बिरामीको अवस्था राम्रो भइरहेको चिकित्सकले बताइरहेका थिए । तर, अचानक मृत घोषणा गरियो’, प्रगेशले भने ।

    केएमसी प्रशासनले भने अस्पतालको कुनै गल्ती नभएको दाबी गरिरहेको छ । प्रगेशका अनुसार अस्पतालले मृतकका आफन्तलाई अदालत जान चुनौती दिएको छ ।

    यता अस्पतालका प्रशासक प्रेमप्रकाश थापाले मृतकका आफन्तसँग छलफल भइरहेको बताए । उनका अनुसार ट्युमर निकाल्ने क्रममा ब्लिडिङ भएपछि तत्कालै न्युरो लगिएको बताए । ‘हामीसँग त्यस्तो ब्लिडिङ रोक्ने प्रविधि नभएकाले न्युरो लैजानु परेको हो । अन्य विषयमा सम्बन्धित चिकित्सकसमेत राखेर छलफल भइरहेको छ’, उनले भने ।

    साइक्र्याटिकको बिरामी भएका कारण सीटी स्क्यान गर्दा ट्युमर देखिएपछि चिकित्सकले अप्रेसन गर्न सुझाव दिइएको उनको दाबी छ । ‘इमर्जेन्सी त थिएन । तर, अहिले निकाल्दा राम्रो हुन्छ भनेर बिरामीलाई सल्लाह दिइएको रहेछ’, थापाले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं मेडिकल कलेज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।