Logo

२०८३, आश्विन ९गते


images
images

भरतपुर अस्पतालका बेड डेंगु र स्क्रब टाईफसका बिरामीले भरिए  

भरतपुर अस्पतालका बेड डेंगु र स्क्रब टाईफसका बिरामीले भरिए  

images
  • भरतपुर अस्पतालका बेड डेंगु र स्क्रब टाईफसका बिरामीले भरिए  
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । भरतपुर अस्पतालको मेसिडिन वार्ड डेंगु र स्क्रब टाईफसका बिरामीले भरिएका छन् । अस्पतालका मेडिसिन वार्डका लागि छुट्याईएको ५२ बेड मध्ये अधिकांश डेंगु र स्क्रब टाईफसले भरिएका हुन् ।

    images
    images
    images

    अस्पतालका प्रवक्ता एवं बरिष्ठ कन्सल्टेण्ट फिजिसियन डा. गोविन्द कँडेलका अनुसार इमर्जेन्सी वार्डमा समेत अधिकांश बिरामी डेंगु र स्क्रब टाईफसका छन् । 

    images
    images
    images

    अस्पतालका १२ बेड अब्जरभेसन, ३५ बेड इमर्जेन्सी, २० वेड आईसियु मध्ये ८० प्रतिशतभन्दा बढी डेंगु र संक्रबटाईफसका रहेका छन् ।

    images
    images
    images

    भरतपुर अस्पतालको मेडिकल वार्डमा अधिकांश ज्वरोका बिरामीले भरिभराउ भएका छन् । कतिपय बिरामीलाई आज ठाउँ छैन, भोलि आउनुहोस् भनेर पठाउनु पर्ने अवस्था छ । मेडिकल वार्डका ८० प्रतिशत बेड ज्वरोका बिरामीले भरिएका छन् । 

    ती मध्ये ४० प्रतिशत स्क्रबटाईफस र ४० देखि ५० प्रतिशत डेंगुका बिरामी छन् । बाँकी अरु कुनै रोगका बिरामी छन् । ३५ बेडको इमर्जेन्सीमा धेरैजसो ज्वरोका बिरामी छन् । 

    २० बेडको आईसियुमा पनि ज्वरोका कारणले जटिलता आएका बिरामीहरुको उपचार भईरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भरतपुर अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।