Logo

२०८३, आश्विन १०गते


images
images

माछापुच्छ्रे बैंकको प्रष्टीकरणः रुपन्देहीको शाखारहित सेवामा प्रतिनिधिकै बदमासी, कारवाही हुँदै

माछापुच्छ्रे बैंकको प्रष्टीकरणः रुपन्देहीको शाखारहित सेवामा प्रतिनिधिकै बदमासी, कारवाही हुँदै

images
  • माछापुच्छ्रे बैंकको प्रष्टीकरणः रुपन्देहीको शाखारहित सेवामा प्रतिनिधिकै बदमासी, कारवाही हुँदै
    images
    images

    काठमाडौं । माछापुच्छ्रे बैंकको रुपन्देहीका ग्रामीण क्षेत्रमा सञ्चालित शाखारहित बैंकिङ सेवामा ग्राहकको रकम हिनामिना भएको घटनामा व्यवस्थापनले सम्बद्ध प्रतिनिधिलाई दोषी रहेको जनाएको छ। यसबारे बैंकले प्रष्टीकरण दिँदै दोषीविरुद्ध कारवाही अघि बढाइएको उल्लेख गरेको हो। 

    images
    images
    images

    रकम हिनामिना घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले प्रतिनिधिको लापरवाही भएको पाइएकाले कानुनी कारबाहीको प्रक्रिया अघि बढेको जनाएको छ।

    images
    images
    images

    बैंकले रुपन्देहीको समरीमाई-५ रोइनिहवा र लुम्बिनी सांस्कृतिक-२ मजहानामा स्थानीय सर्वसाधारणलाई सुलभ बैंकिङ सेवा दिन राष्ट्र बैंकको सर्तअनुसार शाखारहित ग्राहक सेवा केन्द्र (बीएलबी) राखेको थियो। उक्त केन्द्रबाट बैंकिङ सेवा दिनेमा निरन्जन पाठक र सिकन्द्र ठाकुरलाई बैंकले व्यवसायिक प्रतिनिधि नियुक्त गरेको थियो। निरीक्षणका क्रममा प्रतिनिधिहरुबाट भएका काममा कैफियत देखिएपछि उक्त सेवा केन्द्र बन्द गरिएको व्यहोरा बैंकले जनाएको छ। 

    images
    images
    images

    उक्त सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम 'रियल टाइम'मा जम्मा हुने र सिस्टममार्फत नै भौचर (रिसिप्ट) प्रिन्ट भई निक्षेपकर्तालाई दिनुपर्नेमा बैंक भौचरको अनधिकृत प्रयोग गरेको खुलेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

    ग्राहकलाई हस्तलिखित भौचर दिने र बैंकको अनलाइन सिस्टममार्फत रकम जम्मा नै नगरी आफैं राख्ने गरेको पाइएकाले उनीहरुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी दिइसकेको बैंकले जनाएको छ। 

    निज प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैंले खाइमासेको व्यवहोरा लिखितरूपमा नै स्वीकार गरिसकेकाले उनीहरुले स्वयं जिम्मेवार हुने पनि सूचनामा उल्लेख छ।

    यसबारे आवश्यक कानूनी प्रक्रिया सुरु भएकाले पीडितहरुलाई सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क राखेर न्यायिक प्रक्रियामा  सहभागी हुन बैंकले आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माछापुच्छ्रे बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।