Logo

२०८३, आश्विन १०गते


images
images

मङ्सिर ४: यस्तो छ गुल्मीमा रोचक प्रतिस्पर्धा

मङ्सिर ४: यस्तो छ गुल्मीमा रोचक प्रतिस्पर्धा

images
  • मङ्सिर ४: यस्तो छ गुल्मीमा रोचक प्रतिस्पर्धा
    images
    images

    अनिष पन्थी, गुल्मी । आसन्न मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा यसपटक गुल्मीमा  रोचक प्रतिस्पर्धा हुने देखिएको छ। दुई प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन रहेको गुल्मीमा चार केन्द्रिय नेताबीच हेविवेट प्रतिस्पर्धा हुँदैछ ।

    images
    images
    images

    गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको लागि नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं संबिधान सभा सदस्य डा. चन्द्र भण्डारी र नेकपा एमालेका महासचिव प्रदिप कुमार ज्ञवाली बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

    images
    images
    images


    कांग्रेसका भण्डारीलाई नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजबादी र अन्य सत्ता गठबन्धनको साथ रहेको छ भने एमालेका ज्ञवालीलाई एमालेको साथ छ। 

    images
    images
    images

    २०७४ को निर्वाचनमा ज्ञवालीसङ्ग पराजित भएका भण्डारीले गठबन्धनका कारण यसपटक सहज महसुस गरेको भए पनि ज्ञवाली पनि उत्तिकै बलिया उम्मेदवार हुन् ।

    सोही निर्वाचन क्षेत्रको प्रदेश सभा 'क' मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्दका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल र नेकपा एमालेका सोमप्रसाद पाण्डेबिच प्रतिस्पर्धा हुँदै छ ।   बराल २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादीको तालमेलबाट बिजयी भएका थिए भने नेपाली कांग्रेसका पृथ्वी फौजदार पराजित भएका थिए । अहिले सत्ता गठबंधनले बराललाइ नै टिकट दिएको छ भने एमालेका पाण्डे पहिलो पटक निर्वाचन लडदै छन।

    यता प्रदेश 'ख' मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की र नेकपा एमालेका फर्सुराम पाण्डे बिच प्रतिस्पर्धा हुँदै छ। कांग्रेसका कार्की २०७४ को निर्वाचनमा एमालेका कमल श्रेष्ठसङ्ग पराजित भएका थिए । अहिले सत्ता गठबंधनले कार्कीलाई नै टिकट दिएको छ भने एमालेका पाण्डे पहिलो पटक निर्वाचन लडदै छन।

    विष्ट र झाक्रीको लडाइ 

    यता निर्वाचन क्षेत्र नम्बर २ मा भने एकको तुलानामा झन रोचक बन्ने देखिएको छ। गुल्मी २ मा नेकपा एमालेका सचीव पुर्व मन्त्री गोकर्ण बिष्ट र सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजबादीकि सचीव रामकुमारी झाक्रीबिच प्रतिस्पर्धा हुँदै छ।

    झाक्री पहिलो पटक गोकर्ण बिष्टसङ्ग प्रत्यक्ष निर्वाचनमा जादै छिन । नेकपा एमाले त्यागेर समाजबादी रोजेकी झाक्री गोकर्ण बिष्टलाई हराउने दाउमा छिन ।  झाँक्रीलाई सत्ता गठबन्धनको साथ रहेको छ।

    सोही क्षेत्रकै प्रदेश सभा क मा नेकपा एमालेका दिनेश पन्थी र सत्ता गठबन्धनबाट नेकपा माओवादीका बुद्धि जिसि बिच प्रतिस्पर्धा हुँदै छ ।पन्थी २०७४  को निर्वाचनमा नेपाली कांग्रेसका छन्द पहराइलाई पराजित गर्दै बिजयी भएका थिए।

    प्रदेश सभा ख मा नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठ र नेकपा एमालेका डिल्लिराज भुषालबिच प्रतिस्पर्धा हुँदै छ । श्रेष्ठ र भुसालबिच प्रदेश सभामा पहिलो पटक निर्वाचन लडदै छन भने २०७४ को स्थानीय निर्वाचनमा एमालेका भुसालले कांग्रेसका श्रेष्ठलाइ रेसुङ्गा नगरपालिकाको प्रमुखमा पराजित गर्दै नगरप्रमुख भएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।