Logo

२०८३, आश्विन १२गते


images
images

बझाङमा जिप दुर्घटना: मृत्यु भएका ७ जनाकै पहिचान खुल्यो

बझाङमा जिप दुर्घटना: मृत्यु भएका ७ जनाकै पहिचान खुल्यो

images
  • बझाङमा जिप दुर्घटना: मृत्यु भएका ७ जनाकै पहिचान खुल्यो
    प्रतीकात्मक तस्वीर
    images
    images

    रमेश बहादुर सिंह,बझाङ । बझाङको मस्टा गाउँपालिका−१ तुफान डाँडामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने ७ जनाकै पहिचान खुलेको छ ।

    images
    images
    images


    दुर्घटनामा मस्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका− ७ का ४२ वर्षीय झरेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो । 

    images
    images
    images

    बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मस्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

    images
    images
    images

    सु.प.प्र ०१–००१ च ११७ नम्बरको जीप तुफान डाँडामा दुर्घटना भएको थियो । जीप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।