जान्न जान्न भन्दै थिएँ
जान्नजान्न भन्दै थिएं, जानू पर्यो हेर!
तिमी बस है पियारा बालबच्चा हेरेर!
थोरै रैछ मानो मेरो !छोटो रैछ भेट।
दैवले नै आँखा चिम्लियो गरुं अब के त!
तिम्रो मेरो साइनो अब यहीँबाट टुट्यो।
सारा संसार आजदेखी मबाट छुट्यो।
आशा लामो जिन्दगीको आशैआशमा टुट्यो।
एउटा सानो जीवन पनि यहीँबाट छुट्यो।
चारैतिर बादलले छायो आँखैभरि!
अन्धकार भयो हेर!गए म त छोडी।
जान मनै थिएन नि तिमीलाई एक्लो पारि।
बाँझो कहिल्यै नराख है !छेउको घरबारी।
लालाबाला रोलान हेर!आमा खोजी खोजी!
आकाशका तारा देखाउ तिमीले रोजिरोजी!
जुन चाहिँ तारा चम्किलो छ ।त्यही आमा ठान।
आफू नरोइ बालबच्चालाई तिमीले त्यसै भन।
आँधी आयो दुनियाँमा उडाइ लग्यो मलाई !
कोलाहल छ देखेकै छौ के भनौ त तिमीलाई!
रित्तो थियो जन्म हेर!मरण रित्तै रैछ।
म गएं है तिमीलाई छोडी साथ यत्ती रैछ।
आँखा मेरा पल्टिदै थिए।हेर्दै थिएं आकाश !
त्यति खेर भयो प्रीय बिछोड्को आभास !
छुट्नु थियो छुटी हाले नमान है पिर!
अब तिमी बस है !प्रीय सृष्टि सम्हालेर !
बिदाईका हात अन्तिम पटक हल्लाएर गाछु।
यहि बिदाईलाई जीवनभरी सम्झी राख कान्छू।
दुर्गा भवानी(कन्चन) भट्ट, काठमाडौ
हाल: पपुवा न्यूगिनी
२०७८/०२/०२
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology