Logo

२०८३, आश्विन ११गते


images
images

रुपन्देही-१: कसरी हुँदैछ सत्तारूढ र विपक्षी गठबन्धनको चुनावी भिडन्त, को-को छन् कमाण्डर ?

रुपन्देही-१: कसरी हुँदैछ सत्तारूढ र विपक्षी गठबन्धनको चुनावी भिडन्त, को-को छन् कमाण्डर ?

images
  • रुपन्देही-१: कसरी हुँदैछ सत्तारूढ र विपक्षी गठबन्धनको चुनावी भिडन्त, को-को छन् कमाण्डर ?
    images
    images

    देवदह । रुपन्देहीको क्षेत्र नं. १ यतिबेला चर्चामा छ । यो क्षेत्र चर्चामा यस अर्थमा पनि छ कि यहाँ सत्तारूढ गठबन्धनको समर्थनमा नेकपा (एमाले) परित्याग गरेका पुर्व उपमहासचिव घनश्याम भुसाल त्रिभुज चिन्ह लिएर निर्वाचनमा होमिएका छन्  । घनश्यामको आगमनपछि राष्ट्रिय मिडियाहरूको नजर समेत रूपन्देही क्षेत्र नं. १ मा केन्द्रित भएको छ । 

    images
    images
    images

    यता विपक्षी गठबन्धनबाट एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्मा मैदानमा छन् । उनी यसअघि एमाले-माओवादीको गठबन्धनबाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । यसपटक उनलाई एमाले सहित राप्रपा, जसपा लगायतका दलहरूले समर्थन गरेका छन् । 

    images
    images
    images

    त्यसैगरि अर्का स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईलाई पनि प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनी एमाले देवदह नगर अध्यक्ष परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । चापाकल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका उनी आफुलाई सबैपार्टीका नेता कार्यकर्ताहरूको समर्थन रहने बताउँदै आएका छन् ।

    images
    images
    images

    त्यसो त यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि ४ दर्जन उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । त्यसमध्य केही उम्मेदवारहरू 'डमी' रहेको समेत बुझिएको छ ।  

    यसै सन्दर्भमा सेतोमसी टिमले सत्तारूढ गठबन्धन र विपक्षी गठबन्धनको चुनावी तयारीको विषयमा जिज्ञासा राख्दा दुबै गठबन्धनहरू आफुहरूको जीत निश्चित भएको बताउँने गरेका छन् ।

    भारी मतान्तरले निर्वाचन जित्छौँ: सत्तारूढ गठबन्धनका कमाण्डर हिरा बहादुर खत्री

    सत्तारूढ गठबन्धनले निर्वाचन मुल परिचालन कमिटीको संयोजकको जिम्मा नेपाली कांग्रेसका क्षेत्रीय सभापति हिरा बहादुर खत्रीलाई सुम्पिएको छ । उनी देवदह नगरपालिकाका पुर्व मेयर समेत हुन् । कुशल व्यवस्थापकको छवि बनाएका उनी नेपाली कांग्रेसमा यस क्षेत्रका उदाउँदा नेता हुन् । हिरा केसीको साथमा सह-संयोजकको भुमिका नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य लेखनाथ न्यौपाने रहेका छन् ।

    सेतोमसीसंग कुरा गर्दै केसीले आफुहरूका तिनैजना उम्मेदवार भारी मतान्तरले निर्वाचन जित्ने बताए । जनमत बुझेर र तथ्यांक विश्लेषण गरेर आफू बोलेको बताउँदै केसीले यस क्षेत्रको विकास र समृद्धिका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारहरू अन्यको तुलनामा उत्कृष्ट रहेको दावी गरे । 

    प्रतिनिधि सभामा गठबन्धन समर्थित स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल र प्रदेशसभा १(१) मा नेपाली कांग्रेसका विश्वनाथ यादव र १(२) मा पनि नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई जिताउन गठबन्धनले ११ हजार १ सय ७ जनाको मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जसमा ६५ सदस्यीय सचिवालय रहेको छ । सचिवालयमा पालिका अध्यक्ष/सभापति र यस क्षेत्रमा रहेका जिल्ला तथा प्रदेश कमिटीमा रहेका नेताहरू रहेका छन् ।

    प्रदेशसभा १(१) तर्फ गठबन्धनले नवीन आचार्य संयोजक र मोतिलाल ढकाल सह-संयोजक रहेको निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ भने  प्रदेश सभा १(२) को लागि मदन पोखरेल संयोजक र हेमन्त पाण्डे सह-संयोजक रहेको परिचालन कमिटी क्रियाशिल छ ।

    त्यसको साथै गठबन्धनले  निर्देशक कमिटी समेत बनाएको छ । जसको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मक्सुद अलि रहेका छन् भने सदस्यमा एकीकृत समाजवादीका केन्द्रिय सदस्य सिद्दिचरण भट्टराई, नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य देवेन्द्रनाथ पाण्डे र नेपाली कांग्रेसका केन्द्रिय सदस्य गंगा शाही सदस्य रहेका छन् । अति महत्वपूर्ण नितिगत निर्णय गर्ने प्रयोजनका लागि बनाईएको यस कमिटीले निर्वाचन परिचालनको नीति तय गर्ने जनाईएको छ ।

    साथै देवदहमा क्षेत्रीय सम्पर्क कार्यालय संचालन गरेको गठबन्धनले यस क्षेत्रमा रहेका ३३ ओटै वडामा वडा कार्यालयहरू समेत स्थापना गरिसकेको छ ।

    फराकिलो मतान्तरले निर्वाचन जित्छौँ: विपक्षी गठबन्धनका कमाण्डर डा. कृष्ण न्यौपाने 

    विपक्षी गठबन्धनले नेकपा (एमाले) का केन्द्रिय अनुसासन विभाग सदस्य डा. कृष्ण न्यौपानेलाई मुल परिचालन कमिटीको संयोजक तोकेको छ । उनी लुम्बिनी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य समेत हुन् । अध्ययशिल र परिपक्क न्यौपाने अनुभवी नेता हुन्  । जसको सह-संयोजकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता तोयनाथ लम्साल रहेका छन् । 

    एमाले नेतृत्वको विपक्षी गठबन्धनले पनि आफुहरूले निर्वाचन जित्ने कुरामा ढुक्क रहेको बताउँदै आएका छन् । जीतको आधारको रूपमा उनीहरूले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मतलाई आधार बनाएका छन् । सेतोमसीसंग कुरा गर्दै विपक्षी गठबन्धनका कमाण्डर डा. कृष्ण न्यौपानेले आफुहरूले १३ देखि १५ हजारको फराकिलो मतान्तरले निर्वाचन जित्ने बताएका छन् ।

    विपक्षी गठबन्धनको प्रदेश सभा अन्तर्गत क्षेत्र नं. १(१) मा राप्रपा का आशिष चौधरी मैदानमा छन् भने १(२) मा एमाले नेता दधिराम न्यौपाने चुनाव लडिरहेका छन् । 

    निर्वाचन परिचालनको लागि एमाले नेतृत्वको विपक्षी गठबन्धनले ३ हजार १ सय ५१ सदस्यीय मुल परिचालन कमिटी निर्माण गरेको छ भने वडा तहसम्म नै कार्यालयहरू संचालन गरेर कार्यकर्ता परिचालन गरिरहेको छ ।

    निर्वाचन क्षेत्र नं. १(१) मा राप्रपा नेता माधव रिमालले परिचालन कमिटीको नेतृत्व गरिरहेका छन् भने १(२) मा एमाले नेता हिमाल पाण्डेले कमाण्ड समालिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।