देवदह । रुपन्देही क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईंले घरदैलो कार्यक्रम सुरु गरेका छन् । बिहीवार ओमसतिया गाउँपालिकामा पुगेका उनलाई घर–दैलोका क्रममा जेष्ठ नागरिकहरुले अबको चुनाव टिकारामले जित्नुपर्ने भन्दै आशिर्वाद दिए ।
चापाकल चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका उनलाई ओमसतियाका विभिन्न टोलहरुका बृद्धबृद्धाहरुले शिरमा हात राखेर आशीर्वाद दिँदै भने, ‘पार्टीले धेरे पटक चुनाव जिते, अब तिमीहरुले जित्नुपर्छ ।'
सोही क्रममा ओमसतिया गाउँपालिका वडा नं. ६ जमुहानीका ११४ बर्षीय तामेस्वर चमारले टिकाराम चापागाईंको शिरमा हात राख्दै विजयका लागि आर्शिवाद दिए । आशीर्वाद ग्रहण गर्दै भने, 'चापागाईंले तपाईको आर्शिवाद लागोस बुवा ।'
त्यस्तै ८४ बर्षिया हारी रानाले आफ्नो बाल्यकाल सुनाउँदै भने –‘हाम्रो पालामा त पार्टीलाई मात्र भोट हाल्थे । अहिलेसम्म धेरै पार्टीले चुनाव जिते तर हाम्रो अवस्थ परिवर्तन भएन अब पार्टी हैन व्यक्तिले जित्नु पर्छ । अनि बल्ल विकास हुन्छ ।'
रुपन्देही क्षेत्र नम्वर १ मा चापागाईं गठबन्धन समर्थित स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल र एमाले नेतृत्वको जसपा, राप्रपा गठबन्धनका छविलाल बिश्वकर्मासंग प्रतिस्पर्धा गर्दैछन् । चापागाईंले ३५ हजार बढी मत ल्याएर आफुले निर्वाचन जित्ने दाबी गर्दै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology