Logo

२०८३, आश्विन १२गते


images
images

बझाङ घर भएका ७ बर्षे बालकको डोटीमा अरिंगालले टोकेर मुत्यु

बझाङ घर भएका ७ बर्षे बालकको डोटीमा अरिंगालले टोकेर मुत्यु

images
  • बझाङ घर भएका ७ बर्षे बालकको डोटीमा अरिंगालले टोकेर मुत्यु
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङको थलारा गाउँपालिकाका घर भएका एक बालकको अरिङ्गालको टोकाइबाट डोटी मामाघरमा मृत्यु भएको छ । थलारा गाउँपालिका -८ बिस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांस जोशीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।

    images
    images
    images

    भाइटिका मान्न डोटीको सायल गाउँपालिका- ५ गुरेना गएकी आमा आरती जोशी सँगै गएका बालकलाई मंगलबार दिउँसो ३.३० बजेको समयमा घर नजिकै अरिङ्गालले टोकेको र बालकलाई अरिङ्गालले टोकेपछि उपचारका लागि स्वास्थ्य संस्था लिएर सुई लगाइएको र औषधी उपचार पछि घर फर्काइएको उनका आफन्तले बताए ।
    बालकसँगै अन्य त्यहीँका दुई बालक र एक महिलालाई अरिङ्गालले टोकेको थियोे ।

    images
    images
    images

    उनीहरूलाई धेरै अरिङ्गालले नटोकेको र मृत बालकलाई धेरैले टोकेको थियोे ।

    images
    images
    images

    उनको आज बिहीबार बिहान ५ बजेतिर मामाघरमै मृत्यु भएको थलारा गाउँपालिका-८ का वडा अध्यक्ष टिकाराज जोशीले जानकारी दिए ।

    उनका अनुसार अन्जान व्यक्तिले अरिङ्गालको गोलामा ढुङ्गा हानेको हुनसक्ने र त्यसपछि त्यो ठाउँमा बालक जाँदा टोकेको हो ।

    बालक थलारा गाउँपालिका – ८ बिस्खेत स्थिति कालिका प्राथमिक विद्यालयमा कक्षा २ मा अध्यनरत थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।