Logo

२०८३, आश्विन ११गते


images
images

'चुनाव बहिष्कारको अपिल गर्दै घर दैलौ'

'चुनाव बहिष्कारको अपिल गर्दै घर दैलौ'

images
  • 'चुनाव बहिष्कारको अपिल गर्दै घर दैलौ'
    images
    images

    परासी । मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीले निर्वाचनमा भोट नदिन आब्हान गर्दै मतदाता भेटघाट तथा घरदैलो अभियान संचालन गरेको छ । 

    images
    images
    images

    जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा क्रान्तिकारी माओवादीले मत नदिन अपिल गर्दै घरदैलो अभियान शुरु गरेको जिल्ला सेक्रेटरी छविलाल खरेलले जानकारी दिए । '

    images
    images
    images

    पटक पटक जनताले संसदीय ब्यवस्थाका मतियारहरुलाई भोट दिदै आए यस पटक राष्ट्रघाती जनघातीहरुलाई  भोट दिनु हुदैन भनेर हामी जनताको घरदैलोमा पुगेका छौ' – प्रदेश सचिवालय सदस्य समेत रहनुभएका खरेलले भने – 'बहिष्कार आन्दोलनलाई जनताले निकै चासोपूर्वक लिएको पायौ ।' 

    images
    images
    images

    पटक पटक मत दिएर पठाएका दल तथा उम्मेदवारहरुले धोका दिएको भन्दै जनता मत हाल्न जाने मनस्थितिमा नरहेको खरेलले दावी गरे  । 

    जनताले एमसीसीका मतियारहरुलाई भोट दिनु हुदैन भन्दै बैकल्पिक राजनीतिक शक्ति खोजेको हामीले महसुस  गर्याे  खरेलको जिकिर थियो ।

     'संघीय जनगणतन्त्रको स्थापनाको आधार भुमि तयार गर्न बहिष्कार आन्दोलन संचालन गरेका छौ ।'
    घरदैलो अभियानको पहिलो चरण अन्तरगत शनिवार  बर्दघाट–४ दिब्यनगरबाट अभियान शुरु गरिएको क्रान्तिकारी माओवादीले जनाएको छ ।

    घरदैलो कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर थापा क्षेत्री , जिल्ला सेक्रेटरी छविलाल खरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला संयोजक ज्ञान बहादुर केसी, आदिवासी जनजाति महासंघका गोबिन्द बहादुर साठीघरे मगर, राष्ट्रिय उद्योग ब्यापार महासंघका जिल्ला संयोजक प्रेम पोखरेललगायतका नेता कार्यकर्ता सहभागी भएको  जनाइएको छ । 

    यसैबीच नेकपा(क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको जिल्ला सचिवालाय तथा पुर्ण बैठक समेत शनिवार सम्पन्न भएको सेक्रेटरी खरेलले जानकारी गराए ।
     बैठकले पहिलो चरणको बहिष्कार आन्दोलनको समिक्षा समेत गरेको उहाँले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।