Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह: कालोपत्रे भएको १५ दिन नपुग्दै सडक बिचमा घाँस !

देवदह: कालोपत्रे भएको १५ दिन नपुग्दै सडक बिचमा घाँस !

images
  • देवदह: कालोपत्रे भएको १५ दिन नपुग्दै सडक बिचमा घाँस !
    images

    देवदह । 'सम्पूर्ण देवदहबासीको एउटै पहिचान सुशासनयुक्त र भ्रष्टाचारमुक्त देवदह अभियान' भन्ने नारा बोकेको जनपक्षीय संयुक्त संयन्त्र देवदहले देवदहमा भैरहेको विकास निर्माणकार्यको अनुगमन गरेको छ। देवदह नगरपालिकाले गर्ने हरेक कामहरुको पारदर्शिता, गुणस्तर र जनमुखी बनाउनका लागि गठन गरिएको संयन्त्रले सडक कालोपत्रे योजनाको अनुगमन गरेको हो। 

    images
    images
    images

    अनुगमनका क्रममा देवदह ५ को कलुवा देखि शान्तिटोल हुँदै लोकमार्ग जोड्ने सडकमा गरिएको  कालोपत्रेमा चरम लापरबाही भएको पाइएको संयन्त्रका सल्लाहकार टंक पोखरेलले बताए । सडक कालोपत्रे गर्दा मापदण्ड नपुर्याएको,कालोपत्रे भएको १५ दिन नपुग्दै सडकको बिच भागहरुमा घाँस उम्रीएको पाइएको पोखरेलले बताए।
     
    सडक कालोपत्रेको क्रममा लापरबाही भएको गुनासो आएको विषयमा देवदह नगरपालिकाका नगर प्रबक्ता तथा वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रेसङ्ग बुझ्दा सडक कालोपत्रेका क्रममा निर्माण कम्पनीले मापदण्ड पुर्याएको छ कि छैन, अनुगमन गरेर कमजोरी पाइएको खण्डमा भुक्तानी रोकिने र सडक पुननिर्माण गर्नका लागि निर्देशन दिइने बताए। 

    images
    images
    images

    स्थानीयले कालोपत्रे गुणस्तरीय नभएको गुनासो गरे पछि नगरपालिकाका इन्जिनियरको टोलि सहित संयन्त्रले अनुगमन गरेको थियो। संयन्त्रले देवदह ९ को घोडाहा खोलामा बन्दै गरेको तटबन्ध, देवदह ७ स्यालबुके चोकदेखि देवदह ८ पिपरैयासम्म जोड्ने निर्माणाधीन सडक लगायत देवदहमा भैरहेका विकास निर्माणकार्यको अनुगमन गरेको संयन्त्रका सचिव धन बहादुर अधिकारीले बताए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।