Logo

२०८३, आश्विन ११गते


images
images

भुकम्पको क्षति अध्ययन गर्न खप्तड राष्ट्रिय निकुञ्जमा प्राविधिक टोली परिचालन गर्ने

भुकम्पको क्षति अध्ययन गर्न खप्तड राष्ट्रिय निकुञ्जमा प्राविधिक टोली परिचालन गर्ने

images
  • भुकम्पको क्षति अध्ययन गर्न खप्तड राष्ट्रिय निकुञ्जमा प्राविधिक टोली परिचालन गर्ने
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्र विन्दु बनाएर गएको भुकम्पले क्षेत्र अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा भूकम्प गएपछि प्राविधिकसहितको टोली परिचालन गर्ने भएको छ।

    images
    images
    images

    खप्तड क्षेत्र केन्द्रबिन्दु बनाएर बिहीबार (आज) गएको भूकम्पबाट भएको क्षति आंकलनका लागि अध्ययन टोली परिचालन गर्ने प्राधिकरणले जनाएको हो।

    images
    images
    images

    प्राधिकरणको आयोजनामा बिहीबार विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल भएको थियो। ‘क्षतिको विस्तृत रिपोर्ट प्राप्त भएपश्चात आवश्यकताअनुसार शीघ्र प्राविधिकहरू सहितको टोली परिचालन गरिनेछ,’ प्राधिकरणले भनेकाे छ।

    images
    images
    images

    बिहीबार बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।​ भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो।

    मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र भएर ६ दशमलव ६ म्याग्निच्युडको  भूकम्प जाँदा डोटीमा  ६ जनाले ज्यान गुमाएका थिए। सयौ घरहरू क्षत बिक्षत बनाएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।