काठमाडौं । मंसिर ४ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्य छान्न निर्वाचन हुदैंछ। देश भरी बिहान ७:०० बजे देखि बेलुका ५:०० बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । आफुले चाहेको, विश्वास गरेको व्यक्ति र दललाई कुनै डर, धम्की, लोभलालचमा नपरी मतदान गरि मताधिकार प्रयोग गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ ।
यस्तो छ निर्वाचन आयोगको अनुरोध:
१. तपाईंलाई सुरुमा रातो रङ्गको मतपत्र दिइनेछ, यो प्रतिनिधि सभा सदस्य चुन्नको लागि हुनेछ। तपाईंले चाहेकोलाई मत संकेत गरेर रातो रङ्गले लेखेको १ नं बाकसमा मत हाल्नुपर्नेछ।
२. त्यसपछि कालो रङ्गको मतपत्र दिइनेछ, यो राजनैतिक पाटी चुन्नको लागि हुनेछ। तपाईंले चाहेको पाटीलाई मत संकेत गरेर कालो रङ्गले लेखेको २नं बाकसमा मत हाल्नुपर्नेछ।
३. त्यसपछि तपाईंलाई फेरि रातो रङ्गको मतपत्र दिइनेछ, यो प्रदेश् सभा सदस्य चुन्नको लागि हुनेछ। तपाईंले चाहेकोलाई मत संकेत गरेर रातो रङ्गले लेखेको ३ नं बाकसमा मत हाल्नुपर्नेछ।
४. तपाईंलाई अन्तिममा कालो रङ्गको मतपत्र दिइनेछ, यो प्रदेश सभाको राजनैतिक पाटी चुन्नको लागि हुनेछ। तपाईंले चाहेकोलाई मत संकेत गरेर कालो रङ्गले लेखेको ४ नं बाकसमा मत हाल्नुपर्नेछ।
भोट हाल्न जाँदा…
१. भोट हाल्न जाँदा तपाईंले मतदान केन्द्रमा मोबाइल वा क्यामेरा लिएर जान पाउनुहुने छैन।
२. कुनै हातहतियार विष्फोटक पदार्थ लग्न पाइनेछैन। लगेमा सुरक्षागार्डले नियमानुसार कारवाही गर्नेछ।
३. भोट हाल्न जाँदा मतदाता परिचयपत्र लिएर मात्र जानुपर्छ, जुन सक्कलै लैजानुपर्छ, फोटोकपीले हुदैन ।
४. मतदाता परिचयपत्र नभएमा मात्र नागरिकता वा गाडीको लाइसेन्स वा लालपुर्जा वा पासपोर्ट मध्य कुनै एक लिएर जानू पर्छ, कृपया सक्कलै लिएर जानुहोला फोटोकपीले हुदैन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology