राजेश पराजुली, गण्डकी प्रदेश । चितवन प्रहरीले जवरजस्ती करणी गरि महिलाको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । गएको मंसिर ४ गते भरतपुर महानगरपालिका वडा नं. २ दुर्गा मन्दिर पछाडिको हाट बजारमा अन्दाजी ५५/ ६० वर्षीया महिलालाई बलात्कार गरि हत्या गरेको भन्दै २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर २ तीनखोले बस्ने वर्ष २३ का सन्दीप गुरुङ र सोहि स्थानका बिजय परियार रहेका छन् ।
जवरजस्ती करणी पश्चात उनिहरुले महिलाको हत्या गरि शव नजिकै रहेको ठुलो गुम्बाको कम्पाउण्ड भित्र झाडिमा फालेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology