Logo

२०८३, आश्विन ११गते


images
images

तनहुँ १ः रामचन्द्रको डबल ह्याट्रिकमा एकबहादुरको चौंथो हार

तनहुँ १ः रामचन्द्रको डबल ह्याट्रिकमा एकबहादुरको चौंथो हार

images
  • तनहुँ १ः रामचन्द्रको डबल ह्याट्रिकमा एकबहादुरको चौंथो हार
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । भदौ पहिलो साता दमौलीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घोष गरे, ‘अघिल्लो चुनावमा जहाँबाट हारें, त्यहींबाट जितेरमात्र मर्न चाहान्छु ।’उनको अर्को पनि वर्षौंदेखिको सपना छ, ‘चुनाव जित्नेमात्रै होइन्, कम्तिमा एक पटक त प्रधानमन्त्री भइछाड्ने ।’ जुन प्रधानमन्त्रीको सपना १७ पटकसम्म प्रयास गर्दा पनि पूरा हुन सकेको छैन ।

    images
    images
    images

    प्रधानमन्त्री सपना बोकेर सातौं पटक चुनावी मैदानमा होमिएका पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेलले प्रतिस्पर्धामा होमिएका १४ उम्मेदवारलाई पछाडि पार्दै संसदीय यात्रामा डबल ह्याट्रिक गर्न सफल भएका छन् ।
    पौडेलले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानालाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका हुन् । पौडेलले २५ हजार ३१८ मत प्राप्त गर्दा एकबहादुरले १९ हजार ९४३ मत ल्याएका छन् 
    निकटतम् प्रतिद्वन्द्वी भनिएका नेपाली कांग्र्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको यसपालि जोर नचलेको मतपरिणामले देखाउँछ । चुनावी अगाडिसम्म रामचन्द्रको प्रधानमन्त्री सपनामा उनैका पूर्वसहकर्मी जोशी तगारो भएको विश्लेषण हुन्थ्यो ।
    स्वतन्त्र उम्मेदवारी दिएका जोशीको पक्षमा ६ हजार ८७८ मत खसेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३० र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले २ हजार ४८७ मत पाए । १ लाख २३ हजार ९० मतदाता रहेको यो क्षेत्रमा ६८ हजार १५८ मत खसेको थियो ।
    २०४८ सालदेखि पौडेल निरन्तर कांग्रेसको उम्मेदवार बनिरहेका छन् । अहिलेसम्म ६ पटकसम्म विजय भएका पौडेल उपप्रधानमन्त्रीदेखि सभामुखसम्म भए । तर, उनको प्रधानमन्त्री सपना भने अधुरै छ ।
    २०७४ को निर्वाचनमा पहिलो पटक रामचन्द्रको विजयी यात्रामा ब्रेक लाग्यो । तत्कालीन बाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ले पौडललाई छैठौं पटकको चुनावी भिडन्तमा पराजयको स्वाद चखाइदिए ।
    किसानले ३४ हजार ४९२ मत ल्याएर विजयी हुँदा रामचन्द्र २७ हजार ६९० मतका साथ पराजित भएका थिए । एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी लागेका किसानको साथ यसपालि रामचन्द्रलाइ थियो ।
    रामचन्द्रलाई तनहुँ १ छाडेर बारा ४ पुगेका किसान पनि निर्वाचित भएका छन् । अघिल्लो पटक तनहुँमा नेपाली कांग्रेस क्लिनस्विप भएको थियो ।

    images
    images
    images

    एकबहादुरको संसद सपना अधुरै
    गोविन्दराज जोशीसँग तीन पटक चुनावी मैदानमा भिडेका एकबहादुर रामचन्द्रसँग भने पहिलो पटक आमनेसामने भएका हुन् 
    २०४८ सालमा रामचन्द्र पौडेलले पहिलो पटक टिकट पाएर तनहुँ १ मा बाजी मार्दै संसदीय राजनीतिमा डेब्यु गरे । त्यतिबेला नै एकबहादुरलाई तत्कालीन नेकपा मालेले पौडेलसँगको चुनावी मैदानमा उतार्न टिकट दिएको थियो । रामचन्द्र भर्सेस एकबहादुरको भिडन्त जुरेन । मालेले पछि राष्ट्रिय जनमोर्चासँग तालमेल गर्दैै तनहुँ १ छाड्यो । एकबहादुरलाई ब्याक गरायो ।

    images
    images
    images

    पहिलो पटक टिकट पाएर रामचन्द्रसँग प्रतिस्पर्धाको मैदान होमिन नपाएका एकबहादुरलाई तीन दशकपछि बल्ल त्यो अवसर जु¥यो । तर, दोहोरो ह्याट्रिक गरेका पौडेलसामु रानाको पहिलो इनिङको प्रयास सफल भएन ।

    दोस्रो पटक एकबहादुरले २०५१ सालमा तनहुँ १ मा टिकट पाए । पहिलो चुनावी प्रतिस्पर्धा गोविन्दराज जोशीसँग भयो । त्यतिबेलाका शिक्षा मन्त्री जोशीसँगको भिडन्तमा एकबहादुरलाई पहिलो गासमै ढुंगा लाग्यो ।
    २०५६ सालमा फेरि तत्कालीन गृहमन्त्री जोशीसँग भिडन्त दोहोरियो ।
    ‘शक्तिशाली गृहमन्त्री जे गरेपनि माफी नै थियो । कहाँबाट जित्न सक्नु,’ उनी सम्झन्छन् । २०६४ सालमा एकबहादुर राना नेकपा एमालेतर्फबाट चुनावी मैदानमा उतारिए । त्यतिबेला परिचत प्रतिस्पर्धी जोशीलाई पछाडि पारे । तर, चुनाव जितेनन् । अर्थात उनी दोस्रो भए । नेकपा माओवादीका सुरेश आलेमगर विजयी भए 
    २०७० र २०७४ सालको निर्वाचनमा एमालेको समानुपातिक सूचीमा उनको नाम त थियो । तर, प्राथमिकतामा परेनन् । संसद भवन छिर्न उनी पाएनन् । यसपालि पनि संसद छिर्ने उनको सपना अधुरै रह्यो ।
    प्रदेश ‘क’ मा अशोककुमार श्रेष्ठ विजयी
    तनहुँ १ ‘क’ मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् ।बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले ४ हजार २१८ मतान्तरसहित गण्डकी प्रदेश सभामा डेब्यु गर्दा नेकपा एमालेका रामबहादुर गुरुङको दोहोरिने दाउमा ठेस लाग्यो ।
    श्रेष्ठले १५ हजार ३६३ मत प्राप्त गर्दा एमालेका रामबहादुर गुरुङले ११ हजार १४५ मत प्राप्त गरेका छन् । ३६ हजार ४३१ मत खसेको थियो ।
    प्रदेश ‘ख’ मा चुमान दोहोरिए
    तनहुँ १ ‘ख’ नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान निर्वाचित भएका छन् । बाम लोकतान्त्रिक गठबन्धनबाट चुमान २ हजार ७७३ मतान्तर सहित गण्डकी प्रदेशमा दोस्रो पटक विजयी भएका हुन् ।
    चुमानले १३ हजार २७१ प्राप्त गरेका छन् । ३० हजार ३८९ मत खसेकोमा नेकपा एमालेका पूर्णबहादुर गुरुङले १० हजार ४९८ मत प्राप्त गरे । चुमान गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तनहुँ १
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।