जिल्लाभित्रको चरम गुटबन्दी र एकले अर्कालाई पछार्ने रणनीति ब्याप्त हुनाले नेपाली काङ्ग्रेसले जिल्लामा बाराम्बार पराजय भोग्नु परेको छ। पाटी अहिले आन्तरिक किचलोबाट मात्र गुज्रिएको छैन। बिपिपथ र मार्गलाई भुलेर नमिल्दो गठबन्धनको कारण पनि आफ्नो आदर्श र मुल्य मान्यताबाट पिछ्डिएको छ। नेताहरुमा पार्टीले जित्ने चिन्तन हटेर आफुले जित्नुपर्ने चिन्तनले पिरोल्नाले यस्ता समस्या निम्ट्याएको छ। संघिय नेतृत्वगण लगायत जिल्ला नेतृत्वहरुले पार्टीभित्रको शक्ति समीकरण मिलाउन नसकेका कारण नेताहरूले सहि उम्मेदवार सहि समयमा चुन्न नसक्दा पनि बारम्बारको पराजय भोग्न परेको छ।
उम्मेदवारको मनोनयनको समय नजिकिँदासम्म नेताहरुबीच टिकटका लागि रस्साकस्सी चल्नाले घरदैलोमा आफ्ना भाबी योजना जनताका घरमा गएर पुर्याउन नपाउदा पनि मतदाताहरु अलमलमा पर्नाले यी यावत समस्या आइरहे। पार्टीभित्रको महाधिवेशनको रिस पोख्ने समय पनि निर्बाचनलाई निशाना बनाउदा बारम्बार पार्टीले पराजय भोग्नुपर्यो।
बुदाँगत रूपमा अर्घाखाँचीमा काङ्ग्रेस पराजयका कारणहरु यी हुन् :
१) टिकट बाडफाड चित्तबुझदो नहुनु: २०६४ सालदेखि टोप बहादुर रायमाझीले लगातार यस क्षेत्रलाई जित हासिल गर्दै आएका छन् । वि.सं २०६४ मा जिल्लाको माहोलमा नामै नसुनिएका नेता मान बहादुर विश्वकर्माले टिकट पाउँदा पनि काङग्रेसले पराजय भोग्नुपरेको थियो । त्यतिबेला मान बहादुर बिश्वकर्मा काङ्ग्रेस केन्द्रिय सदस्य थिए, केन्द्रिय सदस्य भएकै भरमा चुनाव जितिन्छ भन्नू मुर्खता कहलियो ।
२) अग्रज नेताहरुमा समन्वय नहुनु: समयमै प्रभावकारी समन्वय नगरी एउटाले अर्काको खेदो खन्ने, आफू भलो त जगत भलो भन्ने प्रवृति अंगाल्नाले साथै कसरी चुनाव जितिन्छ भन्ने कुराको पछाडि नलागि कसरी टिकट आफूले हात पारिन्छ भन्ने दौडमा व्यस्त रहनाले नि यस्तो परिस्थीति आयो कि ?
२) काङग्रेसका केन्द्रिय नेताहरुमा दुरदर्शीताको अभाव ः वि.सं २०७० पश्चात २ संघिय क्षेत्र रहेको अर्घाखाँची जब १ क्षेत्र बन्यो त्यतिबेला नै नेताहरुले गलत निर्णय गरिसकेका थिए । उनिहरुले २ वटै संघिय क्षेत्र बचाउन सक्नुपर्दथ्यो, जसले गर्दा पाटीभित्रको टिकट बाडफाडको तिक्तता घट्थ्यो । जसबाट अन्तर्घात न्युनिकरणमा सघाउ पुग्दथ्यो ।
३) संगठन सुदृढिकरणमा नाताबाद र कृपाबादको जालो : पाटीमा कसको योगदान कति छ? र कस्तो छ ? भन्ने कुराको मूल्यांकन नगरिकन ठुला भनाउदा नेतागणका गोजाबाट पद वितरण गर्दा पनि यस्तो अवस्था आएको हो । नेपाल तरुण दल जिल्ला कमिटि गठन हुन्छ विना तरुणको उपस्थिति। नेविसंघ गठन हुन्छ विना विद्यार्थीको उपस्थिती। मान्छे वैदेशिक रोजगारमा छ तर यहाँ क्रियाशिल वितरण हुन्छ । क्रियाशिल सदस्यताको मर्म विपरित क्रियाशिलको अर्थ थाहा नभएकालाई आफना नातागोता कोही छुटेकी भनि खोजी खोजी बाडिन्छ । यहाँनेर नेताहरुमा महाधिवेसनलाई टार्गेट गरि आफू कसरी महाधिवेसनमा सुरक्षित रहन्छु भन्ने विषयको उपज झल्किन्छ । सामान्य मापदण्ड पूरा नगरी पद बाडफाड र कृयाशिल सदस्यता बितरणले नि पाटिलाई हलुका बनाएको हो कि?
४) नेताहरुमा कुटनैतिक अभाव: लगातार चुनाव लडेका डा राम ब. विसी काङग्रेसका सोझा नेता हुन् । पुष्पा भुसाल पनि सोझी नेतृ भइन् । कुटनैतिक क्रियाकलापमा धेरै अगाडि टोप बहादुरका अगाडि यिनिहरुको इमान्दारिता टिक्न सकेन । जिल्लाका टोल टोल र वार्ड वार्ड चालेर मेसो पाएका जिल्लाका नेताहरुले यिनिहरुलाई सधैं आफ्नो पेरिफेरीमा घुमाइरहे । कोही नेताहरु प्रतिपक्षीको पैसामा विकेर मौन रहे , कोही नेताहरुले गुट उपगुट भन्दै कसरत गरिरहे त कसैले टिकट नपाएको रिस पोखे ।
५) संगठनमा अनुशासनको कमी÷सांगठानिक भद्रगोल: सवै नेता बन्ने प्रबृतिले शुरुमा त ६१ वटै वार्डका धेरै मानिसहरु निर्वाचनको समयमा पनि जिल्ला बाहिर नै रहे जुन एकदमै दुखद छ । वाड देखि प्रत्यक टोलका पाटी सभापतिहरुले प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन् । जसरी स्थानिय तहमा मान्छे खोजी खोजी बोलाइयो त्यो संघिय चुनावमा गरिएन । औसतमा एउटा वाडमा ४० देखि ५० मतदाता छुट्नु भनेको ६१ वटा वार्डमा ३०५० मतदाता छुटनु हो । यसैबाट थाहा हुन्छ संगठन भद्रगोल र लापर्वाही छ भन्ने कुरो । आखिर बिजयी हुन निर्णायक मत नै यहाँ छुटेको छ ।
६) अवसरवादी प्रवृति ः यसमा असली काङग्रेस एकदमै लागि परेर खटिए भने अवसरवादी काङग्रेस विलो कुर्दै बसिरहे ।
७) पाटि भित्र समिक्षात्मक बैठकको अभाव: एकपटक हेरौं त हाम्रो नेतृत्व , जसको क्षेत्रमा काङग्रेसको साख बचाउन गाह«ो परेको छ , त्यहि ठाउँका मान्छेलाई हामीले जिल्लादेखि प्रदेश तह सम्मको नेताको रुपमा मान्नुपरेको छ । काङग्रेसले विजय नै गर्नपर्ने हो भने सुदृढीकरणको आवश्यकता रहेको छ । नेतृत्वमा रहेकाहरुलाई पाटी सुदृढीकरणको लागि आबश्यक म्यान्डेट पूरा गर्नु पर्ने अनिबार्य नियम लगाउने हो भने केही फरक पर्दथ्यो कि? ताइ न तुइ पद मात्र ओगटेका व्याक्तिहरुलाई विश्राम गर्न लगाउन सक्नुपर्छ । पद ओगट्ने तर सवै चुनावमा बन्द कोठामा बसेर आर्थिक प्रलोभन र बार्गेनिङ्मा विक्ने नेताहरुलाई कार्वाहीको दायरामा नलिदासम्म काङग्रेस सुध्रिनेवाला छैन ।
८) लोकपृय नेताको कमि: प्रतिपक्षी पार्टिको तुलनामा अधिकांश काङ्ग्रेस उम्मेद्वारहरु चुनाब बाहेकको समयमा सधै राजधानी केन्दृत हुनाले नि यो अबस्था आएको हो। निर्बाचनमा लडन आउने उम्मेदवारहरुमा पनि शिर्ष नेतृत्व र जिल्ला नेतृत्वले को जनप्रेमी छ, कसका मतदाता कति छ्न भन्ने सामान्य आकँलन नगरी आफ्नो स्वार्थ अनुकुल उम्मेद्वार सिफारिस हुनुले पनि पराजय भोग्नु परेको हो ।
९) नेताहरुमा पार्टीले जित्नु ठूलो कुरा नभई आफुले जित्नु ठूलो कुरा भन्ने प्रबृत्ति ब्याप्त रहनुः काठमाडौ गएर जिल्लाका नेतागणहरु धाउने कराउने गर्नु भन्दा सहमतिमा जसले टिकट पायो त्यसैको समर्थन गर्नुको साटो अन्तर्घात गर्ने प्रवृत्तिले पाटिलाई ठूलो क्षती पुर्यायको छ । टिकट सिफारिस गर्ने क्रममा पनि एकै क्षेत्रबाट २० जना प्रत्यासिको नाम सिफारिस गर्नूको साटो विभिन्न बहुवैकल्पिकबाट उपयुक्त उम्मेदवार छनौट गर्न नसक्नुले नि यो अवस्था निम्त्यायो कि ? २०६४ मा मान बहादुर बिश्वकर्माले टिकट पाईरहदा टिकट नपाएका काङ्ग्रेसका अरु शिर्ष नेताहरु एक भइ जिताउन पहल नगर्दा हार ब्यहोर्नुपर्यो, २०७० मा टिकट्कै लागि बार्गेनिङ्ग् गर्न जिल्लामा पदमा रहेका ब्याक्तिहरु लामो समय काठमाडौ दौड्न पछि पर्नुभएन जसको कारण निर्बाचन प्रसारमा ढिलाई भयो, अन्त्यमा टिकट नपाएसी खुलेर लाग्न नसक्नुभएको हो कि? हुँदै जादा २०७४ मा बाम गठबन्धनका अगाडि त काङ्ग्रेस निरीह हुनु पर्यो नै अनि अहिले आएर २०७९ मा काङ्ग्रेससंग ऐतिहासिक ठुलो अवसर आइलाग्दा पनि, पर्याप्त मतदाता हुँदा पनि राम्रो माइन्युट तयार नगरी पाटिभित्रैका असन्तुष्ट मुद्दाहरुलाई सम्बोधन नगरी एक गुटले अर्को गुटको खैरो खन्ने प्रबृती देखापरे जै देखियो।
- सुमन बस्याल क्षेत्री, अर्घाखाँची
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology