Logo

२०८३, श्रावण २७गते


images
images

रुपन्देही-२: हस्ताक्षर नमिलेका मतपत्र भेटिएपछि मतगणना स्थगित, एमालेबाहेकका दलहरु धर्नामा

रुपन्देही-२: हस्ताक्षर नमिलेका मतपत्र भेटिएपछि मतगणना स्थगित, एमालेबाहेकका दलहरु धर्नामा

images
  • रुपन्देही-२: हस्ताक्षर नमिलेका मतपत्र भेटिएपछि मतगणना स्थगित, एमालेबाहेकका दलहरु धर्नामा
    images
    images

    रुपन्देही । रुपन्देही २ को मतगणना रोकिएको छ । एमाले उपाध्यक्ष बिष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको टक्कर रहेको यहाँ मतगणनाका क्रममा मतपेटिकामा हस्ताक्षर नमिलेका बढी मतपत्र भेटिएको छ ।

    images
    images
    images

    पेटिकामा बढी मतपत्र भेटिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी र नेपाली कांग्रेस लगायतका दलहरूले धर्ना दिएका छन् । एउटा बाकस गन्दै जाँदा ३३ मत बढी भेटिएको र कतिपय मतपत्रमा हस्ताक्षर नमिलेको गणनामा संलग्न शंकर गाहाले बताए ।

    images
    images
    images

    केही मत गणना बाँकी रहँदा पेटीकामा धेरै मत भेटिएपछि अहिले गणना स्थगित गरी धर्ना शुरु भएको छ । क्षेत्र न २ का निर्वाचन अधिकृत उद्वीर नेपाली उम्मेदवारी दर्तामा पुगेका दलहरुलाई फरक-फरक  ब्यबहार गरेपछि बिबादित छन् । एमाले बाहेकका  दलहरुले केहिबेरमा पत्रकार सम्मेलन गर्न लागेका छन् ।

    images
    images
    images

    निर्वाचन अधिकृत नेपालीले भने डाटा राख्ने बिषयमा बिबाद भएको र केहिबेरमा सुचारू हुने दाबी गरे । बढी मतपत्र भेटिएको नभइ डाटा राख्ने बेला महिला-पुरुषको फरक टिपिएका कारण समस्या भएको कम्प्युटर अपरेटर बुद्धि पराजुलीले बताए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।