Logo

२०८३, आश्विन ९गते


images
images

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव गुरुङलाई विदाई

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव गुरुङलाई विदाई

images
  • गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव गुरुङलाई विदाई
    images
    images

    राजेश पराजुली, पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई विदाई गरेको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि गठन गरेको परिषदमा गुरुङले सदस्य सचिव पदमा रहेर करिव १८ महिना नेतृत्व सम्हाल्दै गत असोज २५ गते उमेर हदका कारण अवकाश पाएका थिए । परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको विदाई कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले सदस्य सचिवको उत्कृष्ट नेतृत्वका कारण नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले उत्कृष्टता हासिल गर्न सफल भएको बताए । यसै गरी कार्यक्रममा आफ्ना भनाई राख्दै संस्थापक सदस्य सचिव गुरुङले सबैको सहयोग र सदभावका कारणले नै नवौं राष्ट्रिय खेलकुदमा २९ वर्ष पछि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले खेलकुदको विकासका लागि समाजका हरेक पक्षहरुलाई जोडेर अघि बढेमा मात्रै खेलकुद सफल हुन सक्ने बताउँदै हरेक नागरिकलाई खेलकुदमा आकर्षण गर्न र खेलुकदबाटै परिवर्तन सम्भव छ भन्ने कुरा वुझाउन आवश्यक रहेको औंल्याए । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले संस्थापक सदस्य सचिवको अथक मेहनत र योजनावद्ध कार्यक्रमले नै स्थापनको छोटो अवधिमा नै परिषदले सफलताका साथ आफ्ना योजनाहरु अघि बढाएको बताए । उनको सामिप्यताले खेलकुदमा उत्साह जागेको बताउँदै संस्थापक सदस्य सचिव गुरुङका योजनाहरु कार्यान्वयन गरे परिषदले अझै उचाई प्राप्त गर्नेमा कुनै द्विविधा नरहेको उल्लेख गरे । परिषदका सल्लाहकार एवं अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले सहि व्यक्तिको नेतृत्व भएमा मात्रै संस्थाको विकास हुन सक्ने कुरा औंल्याउँदै संस्थापक सदस्य सचिव गुरुङले छोटो अवधिमा गरेको उत्कृष्ट योगदानलाई विर्सन नहुने बताए । परिषदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको विदाई कार्यक्रममा परिषदका कार्यकारी सदस्य, वोर्ड सदस्यहरु, सल्लाहकारहरु, कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदेश खेलकुद परिषद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।